• २०८१ बैशाख १२ बुधबार

विश्वकप फाइनलिष्ट क्रोसियाको स्पेनसँग लज्जास्पद हार 

kharibot

काठमाडौँ।  युइएफ़ए नेशनल लिगमा विश्वकपको फाइनलिष्ट क्रोसिया स्पेनसँग लाजज्स्पद हार  बेहोरेको छ।  गएराती भएको खेलमा स्पेनले क्रोसियालाई ६-०    गोल अन्तरले पराजित गरेको छ। 

स्पेनको जितमा साउल निगुएज, मार्को असेन्सियो, रोड्रीगो, सर्जियो रामोस र इस्कोले गोल गरेका थिए भने एक गोल क्रोसियाका कालिनिकले आत्मघाती गोल गरेका थिए। यस खेलमा स्पेनका लागि असेन्सियोले एक गोल र तीन गोल असिस्ट गरेका थिए। स्पेनको फुटबल इतिहासको पछिल्लो १० बर्षमा एकै खेलमा ३ गोल असिस्ट गर्ने असेन्सियो दोस्रो खेलाडी हुन्। सन् २०१६ मा नालिटोले पनि ३ गोल असिस्ट गरेका थिए।  

क्रोसियाको यो अहिलेसम्म कै ठुलो हार हो। यस अघि क्रोसियाले सन् २००९ मा इङल्याण्डसँग पाएको ५-१ को हार बेहोरेको थियो। 

स्पेन र क्रोसिया दुवैले अब नेशनल लिगमा अर्को महिना इङल्याण्डसँग खेल्ने छन् ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै