काठमाडौँ। विश्वकप पछि इङल्याण्डले पहिलो जित गरेको छ। गएराती भएको मैत्रीपूर्ण खेलमा इङल्याण्डले स्विटजरल्याण्डलाई १-० गोल अन्तरले परजित गरेको छ।
युइएफ़ए नेशनल लिगमा २-१ गोल अन्तरले पराजित भएको इङल्याण्ड मैत्रीपूर्ण खेलमा स्विटजरल्याण्डलाई १-० ले पराजित गर्ने क्रममा मार्कोस राशफोर्डले खेलको एक मात्र गोल गरेका थिए। पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५४ औ मिनेटमा राशफोर्डले गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो।
इङल्याण्डले अब नेशनल लिगमा अर्को महिना स्पेन र क्रोसियाको सामना गर्ने छ।