• २०८१ बैशाख १३ बिहीबार

भारतविरुद्ध टेस्ट सिरिजमा इङल्याण्ड ४-१ ले विजयी, अन्तिम टेस्टमा कुक बने म्यान अफ द म्याच 

kharibot

काठमाडौँ।  इङल्याण्ड टुरमा रहेको भारतलाई इङल्याण्डले अन्तिम टेस्ट क्रिकेटमा ११८ रनले पराजित गर्दै सिरिज ४-१ ले जितेको छ । 

इङल्याण्डले दिएको ४६४ रनको लक्ष्य पछयाएको भारत ३४५ रनमा अलआउट भएपछि अन्तिम टेस्ट ११८ रनले गुमाएको हो । अन्तिम टेस्टमा भारतको तर्फबाट १४९ रन र रिषव पन्तले ११४ रनको पारी खेलेपनि अन्तिम टेस्टलाई हारबाट बचाउन भने सकेनन् । यस टेस्टमा बनेका कुल ४ शतकमा आफ्नो अन्तिम टेस्ट खेलेका एलेस्टर कुकले इङल्याण्डको दोस्रो पारीमा १४७ रनको पारी खेलेका थिए भने  रुटले १२५ रनको पारी खेलेका थिए। 

यस टेस्टपछि टेस्ट क्रिकेटमा केहि रेकर्ड पनि बनेका छन्।  इङल्याण्डका तिब्र गतिका बलर जेम्स एन्डरसनले अस्ट्रेलियाका बलर ग्लेन म्याग्राको ५६३ विकेटको रेकर्डलाई तोड्दै ५६४ विकेट लिएर धेरै टेस्ट विकेट लिने तिब्र गतिको बलर बनेका छन्। 

साथै भारतका विकेट किपर ब्याट्सम्यानले यस खेलको दोस्रो पारीमा शतक बनाउदै टेस्टको चौथो पारीमा शतक बनाउने भारतको पहिलो विकेटकिपर ब्याट्सम्यान बनेका छन् भनेयास्तो रेकर्ड बनाउने रिषव विश्वको सातौ विकेटकिपर ब्याट्सम्यान बनेका छन्।   

यस खेलमा पहिलो पारीमा ७१ र दोस्रो पारीमा १४७ रन बनाएका एलेस्टर कुक खेलको म्यान अफ द म्याच बनेका थिए । साथै यस सिरिजमा २७२ रन बनाएका र ११ विकेट लिएका इङल्याण्डका साम कुरान यस सिरिजको म्यान अफ द सिरिज बनेका थिए।  त्यस्तै सिरिजमा सर्वाधिक ५९३ रन बनाउने भारतीय कप्तान विराट कोहलीलाई भारतीय खेलाडी तर्फको म्यान अफ द सिरिज दिइएको थियो।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै