• २०८१ बैशाख ८ शनिबार

यु-१९ नेपाल भर्सेज भारतीय नेशनल क्रिकेट एकेडेमी : नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

kharibot

काठमाडौँ। भारतीय क्रिकेट बोर्डको आयोजनामा चौकोणीय सिरिज खेल्न भारतको लखनउ पुगेको नेपाली अन्डर-१९ टिमले आफ्नो पहिलो खेलमा आज भारतको नेशनल क्रिकेट एकेडेमीको अन्डर १९ टिमसँग पहिलो खेल खेल्दै छ। 

भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ टिमले आफ्नो पहिलो खेलमा भारतको नेशनल क्रिकेट एकेडेमीको अन्डर १९ टिमविरुद्ध टस जितेर पहिलाबलिङ गर्ने निर्णय गरेको छ। 

प्रतियोगितामा नेपाल, भारत र अगनिस्तानको अन्डर १९ टिम र भारतको नेशनल क्रिकेट एकेडेमीको टिम गरि ४ टिम सहभागी छन्।

नेपालले पहिलो खेल एकना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियममा खेल्ने छ। बिसीसीआईका अनुसार खेल भारतीय समय ९ बजे बिहान अर्थात् ९:१५ बजे नेपाली समयमा सुरु हुनेछ। पहिलो दिनको दोश्रो खेलमा भारत अन्डर १९ र अफगानिस्तान अन्डर १९ टिम खेल्नेछन्।

चौकोणीय सिरिज खेल्न १५ सदस्यीय यु-१९ टिमसँग मुख्य प्रशिक्षक बिनोद दास सहायक प्रशिक्षक मनोज कटवाल जाँदै छन् भने टिमको ब्यबस्थापकको रुपमा शक्ति गौचन र फिजियो बिक्रम न्यौपाने गरि कुल १९ जनाको टिम भारत गएको हो ।

नेपाली खेलाडीहरुमा मोहमद आरिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेस बम, रित गौतम, पवन सराफ, किशोर महतो, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम रहेका छन्।  

त्यस्तै भारतको नेशनल क्रिकेट एकेडेमीको टिममा भारतको अन्डर १९ टिममा नपरेका खेलाडीहरु रहेका छन्। भारत यु-१९ ‘बि’ टिममा भेदान्त मुरक ( कप्तान ) , ठाकुर रिलक बर्मा, काम्रण इकब्ल, बम्शी कृष्ण, प्रदोष रंजन पौल, रिसभ चौहान, सिद्धान्त राना, सयन कुमार विश्वाश, शुभांग हेग्ड़े, रिज्भी समिर, पंकज यादव, आकाश सिंह, अशोक सन्धु, आयुष सिंह, नितिश रेड्डी, सबिर खान, सहिल राज र राज्वर्धन हंगारगेकर रहेका छन्।

खेल तालिका :

सार्वजनिक भएको खेल तालिका अनुसार सेप्टेम्बर १२- भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९ बीच हुने छ  भने सेप्टेम्बर १२- एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९ बीच हुने छ। त्यस्तै सेप्टेम्बर १४-भारत यू–१९ विरुद्ध नेपाल यू–१९ र सेप्टेम्बर १४- एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९ बीच हुने छ। त्यस्तै सेप्टेम्बर १६- भारत यू–१९ विरुद्ध एनसीए यू–१९ बीच हुने छ भने सेप्टेम्बर १६ मै अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९ बीच हुने छ। 

त्यस्तै  उपाधिक लागि सेप्टेम्बर १८ मा शिर्ष दुई टिमबीच खेल हुने छ भने तेस्रो स्थानका लागि तेस्रो र चौथो हुने टिम सेप्टेम्बर १८ मै खेल्ने छन् । सबै खेल लखनउस्थित एकना इन्टरनेशल क्रिकेट मैदान 'ए' र 'बि' मा हुने छन्।   
 

लाइभ स्कोर यँहा हेर्न सकिन्छ 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै