• २०८१ बैशाख १३ बिहीबार

साल्भाडोरमाथि ब्राजिलको ५-० को जित, डेभ्यु खेलमा रिचार्लिसनले गरे २ गोल

kharibot

काठमाडौँ।  ब्राजिलले साल्भाडोरलाई मैत्रीपूर्ण खेलमा ५-० ले पराजित गरेको छ। बुधबार बिहान भएको खेलमा ब्राजिलले ५ गोल हान्दै अमेरिका टुरमा लगातार दोस्रो जित हासिल गरेको छ। 

ब्राजिलको जितमा रिचार्लिसनले २ गोल गरेका थिए। प्रिमियर लिगमा एभर्टनबाट खेल्ने २१ बर्षिय स्ट्राइकर रिचार्लिसनले राष्ट्रिय टिमका लागि डेभ्यु खेलमा नै २ गोल गरेका छन्। ब्राजिलका लागि अन्य गोल नेइमार, फिलिप कोटिन्हो र मरक्विनहोसले गरेका थिए। 

यस खेलमा गोल गर्दै नेइमारले ब्राजिलका लागि ५९औ गोल गरेका छन्। नेइमार ब्राजिलका लागि अल टाइम गोल स्कोररको सुचिमा तेस्रो स्थानमा रहेका छन्।  नेइमार भन्दा बढी रोनाल्डोले ब्राजिलका लागि ६२ गोल गरेका छन् भने पेलेले ७७ गोल गरेका छन्। पेलेले कुल ९२ खेल खेल्दै ७७ गोल गरेका हुन् भने रोनाल्डोले ९८ खेल खेल्दै ६२ गोल गरेका थिए। त्यस्तै नेइमारले ब्राजिलका लागि ९२ खेल खेल्दै ५९ गोल गरेका छन्।  नेइमारले ब्राजिलका लागि रोनाल्डो र पेलेको रेकर्ड तोड्ने विश्वास गरिएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै