• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्रीद्वारा तीजको शुभकामना व्यक्त

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिंदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

तीज पर्वलाई समयानुसार परिस्कृत गरे पनि यसको मौलिकतालाई कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे । “तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन,” प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन्, “यस पर्वले कहीँ न कहीँ महिला स्वतन्त्रताको इतिहास बोकेको छ । यसलाई त्यसै रुपमा जोगाएर लैजानुपर्दछ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै