• २०८१ बैशाख १३ बिहीबार

बाजुरामा एउटै घरका पाँच बालबालिकाको बिचल्ली

kharibot

बाजुरा । बडिमालिका नगरपालिका–५ मना गाउँका पाँच अनाथ बालबालिका बिचल्लीमा परेका छन् ।

बुवा ४३ वर्षीय रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु भएको थियो । बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् । बिचल्लीमा परेका पाँच भाइबहिनीले अहिले गाउँमा मागेर गुजरा गरिरहेका छन् ।

बेलायतमा बस्दै आएकी इशा गुरुङले ती पांच बालबालिकालाई रु एक लाख ८० हजार सङ्कलन गरेर सहयोग गरेकी छन् । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गरिन् ।

बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले रु दुई हजार ५००, जिल्ला समन्वय समितिका सदस्य धनी थापाले रु एक हजार पाँच तथा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कमलकुमारी शाहले रु दुई हजार सहयोग गरेका छन् । सिर्जना बोगटीले तीजको दर खानका लागि छुट्याएको रकमबाट लत्ताकपडा सहयोग गरिन् । बोगटीले भनिन्, “यसरी गरेको सहयोगले यी बालबालिकाले केही समय त गुजारा गर्लान्, तर यो स्थायी समाधान होइन, यहाँ पांच बालबालिकाको भविष्य अन्धकारमा पर्दै छ । यसको स्थायी समाधानका लागि सरकार र संघसंस्थाको सहयोग आवश्यक छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै