• २०८१ बैशाख ११ मंगलबार

मुकेश अम्बानीको छोरी ईशाको बलिवुडमा डेभ्यु !

kharibot

ईशा अम्बानी

मुम्बई । भारतका सबै भन्दा धनि मुकेश अम्बानीको छोरी ईशा अम्बानीले बलिवुडमा डेभ्यु गर्न लागेको खबरले भारतीय मिडियामा खास ठाउ पाएको छ ।

रिपोर्टका अनुसार बलिवुडका खेलाडी कुमार अक्षय कुमारले अभिनय गर्ने फिल्म ‘ब्याटल अफ सारागढ़ी’ फिल्ममा ईशा निर्मात्रीको रुपमा बलिवुडमा कदम राख्ने भएकी हुन् ।

फिल्मलाई चर्चित निर्माता निर्देशक करन जोहर र ईशाले संयुक्त रुपमा निर्माण गर्ने खबर बाहिर आएको छ ।

यसअघि यस फिल्मलाई सलमान खानले पनि लगानी गर्ने खबर आएको थियो तर पछिल्लो खबर अनुसार हाल सलमान खानले यस फिल्ममा लगानी नगर्ने भएपछि ईशा अम्बानीले लगानी गर्ने भएको भारतीय मिडियाहरुमा चर्चा चलेको छ ।

ईशाले बलिवुडमा कदम राख्ने खबर सँगै उनको बारेमा चर्चा पनि उत्तिकै बढेको छ । 

सन् १९९१ मा मुकेश र निता अम्बानीको जुम्ल्याह छोरा छोरीको रुपमा जन्मिएकी इशा हाल सफल बिजिनेस वोमनको रुपमा स्थापित भैसकेकी छन् । उनका जुम्लाह भाई आकाश अम्बानीले हाल क्रिकेट टिम मुम्बई इन्डियन्स हेर्ने गर्दछन ।

ईशा हाल रिलायन्स टेलिकम र रिटेल कम्पनिकी निर्देशक हुन् । धिरुभाई अम्बानी स्कुलबाट विद्यालय शिक्षा पुरा गरेकी ईशाले येल युनिभर्सिटीबाट साइकोलोजी र एशियन स्टडिजमा ग्राजुयसन गरेकी छन् ।

ग्रयाजुयेशन पछि ईशाले अमेरिकाको ग्लोबल कन्सल्टेन्सी फर्म मेकिंगमा काम गरेकी थिइन् । त्यँहा ईशा बिजिनेस विश्लेषकको रुपमा कार्यरत थिइन् । ईशा सन् २००८ मा चर्चामा आएकी थिइन् जब उनलाई फोर्ब्स म्यागजिनले संसारको सबै भन्दा कम उमेरकी वारिसको सुचिमा राख्यो । ईशा हाल एशियाको पावरफुल विजनेस वोमनको सुचिमा पनि रहेकी छन् ।

उनको व्यक्तिगत जीवनको बारेमा कमै कुरा बाहिर आएका छन् । स्कुल पढ्दा ईशाको अफयेर्स हर्षवर्धन गुप्तासँग रहेको रिपोर्ट बाहिर आएको थियो । यो कुरा आमा निता अम्बानीलाई थाहा हुनासाथ उनीहरुलाई लग अलग कक्षामा राखिएको थियो र ईशालाई हर्षवर्धनलाई नभेटन चेतावनी दिइएको थियो ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै