• २०८१ बैशाख ८ शनिबार

बलात्कारको आरोपमा सुनार प्रहरी नियन्त्रणमा

kharibot

कञ्चनपुर । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

अभद्र व्यवहार गर्नेलाई कारबाही

दश वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा बैतडीको दोगडा केदार गाउँपालिका–७ का ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ । धरौटी रकम रु १० हजार तिर्न नसकेपछि उनलाई कारागार पठाइएको हो । कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए ।

स्थानीयपवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । धरौटीवापतको रकम तिर्न नसकेपछि कार्कीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै