• २०८१ बैशाख ८ शनिबार

युरोपमा च्याम्पियन्स लिग र युरोपा लिग जस्तै नयाँ प्रतियोगिता हुने  

kharibot

काठमाडौँ।  युरोपियन फुटबल फेडेरेशन (युइएफ़ए) ले च्याम्पियन्स लिग र युरोपा लिग जस्तै अर्को क्लब प्रतियोगिता गर्ने तयारी गरेको छ।

युइएफ़एको साधारण सभामा नयाँ लिग शुरु गर्ने विषयमा छलफल भएको बताइएको छ । सन् २०२१ बाट युरोपमा शुरु हुने यस प्रतियोगिताले क्लबहरुको आम्दानीमा थप योगदान गर्ने विश्वास गरिएको छ।  साथै नयाँ प्रतियोगिता शुरु गरेपछि युरोपा लिगमा ४८ बाट ३२ टिमले भाग लिने भएका छन्। 

युरोपमा हाल आ-आफ्नो देशका लिग बाहेक च्याम्पियन्स लिग र युरोपियन लिग रहेका छन्। धेरैले युइएफ़एको यो कदमलाई सन् १९९९ मा बन्द भएको कप विनर कप प्रतियोगिताको सट्टामा ल्याइएको बताइएको छ। 

युइएफ़एले यस प्रतियोगिताको फर्म्याट बारे भने अझै केहि भनेको छैन। तर युइएफ़एले कुल ९६ देशलाई युरोपियन स्तरको प्रतियोगितामा ल्याउने तयारी स्वरुप यो कदम चलन थालेको छ। जसमा च्याम्पियन्स लिगमा ३२ र युरोपा लिगमा ३२ र अब नयाँ प्रतियोगितामा थप ३२ क्लबले खेल्ने छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै