पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त

खरीबोट

पाकिस्तान । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो ।

कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनी पाकिस्तान फर्केका थिए ।

शरिफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पुर्याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ ।

उनीहरु दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताए । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् ।

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनलाई क्यान्सर भएको गतवर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो ।

नवाज शरिफविरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

पाकिस्तान भ्रमण गर्दै साउदी युवराज

इस्लामावाद (पाकिस्तान) । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्ने भएका छन् । दुई दिने भ्रमणका लागि उनी यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर

पाकिस्तानी कप्तान सरफराज अहमदलाई ४ खेलको प्रतिबन्ध 

काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका कप्तान सरफराज अहमदलाई चार खेलको प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को एन्टी रेसिजम कोड अनुसार सरफराज अहमदलाई आइसीसीले प्रतिबन्ध लगाएको हो । गत

महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

काठमाडौँ ।पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गरेको छ ।  पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको टि–२० सिरिजका लागि नेपाली टोली

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रीकाको क्लिन स्विप 

काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको पाकिस्तानी क्रिकेट टिम टेस्ट सिरिजमा ३-० ले पराजित भएको छ । टेस्ट सिरिजको तेस्रो टेस्टको आज चौथो दिन पाकिस्तान २७३ रनमा अल आउट भएपछि तेस्रो


z