• २०८१ बैशाख ७ शुक्रबार

अफ्रिकासँग बलियो गठबन्धन बनाउन युरोपेली आयोग प्रमुखको आग्रह

kharibot

फ्रान्स । युरोपेली आयोगका प्रमुख जाँ क्लाउड–यन्करले बुधबार अफ्रिकासँग नयाँ गठबन्धन निर्माण गर्न आग्रह गरेका छन् । उनले स्वतन्त्र व्यापार सम्झौता सहितको यो गठबन्धनले लाखौं रोजगारी सिर्जना गर्ने बताए ।

भूमध्यसागरको कठिन यात्रा पार गरेर युरोप प्रवेश गर्ने लाखौं अफ्रिकी आप्रवासीको आप्रवाह रोक्न सङ्घर्षरत युरोपेली मुलुकहरुले विकल्पमाथि विचार गर्नुपर्ने समय आएको यन्करले उल्लेख गरे । राम्रो जीवनको खोजीमा अफ्रिकी नागरिकहरु अवैध रुपमा खासगरी स्पेन र इटाली प्रवेश गर्दछन् ।

अफ्रिका र युरोपेली युनियनबीच व्यापार सम्झौताहरु गर्नुपर्ने आवश्यकता रहेको बताउदै यन्करले दुबै महादेशबीचको स्वतन्त्र व्यापार सम्झौताले अफ्रिकी मुलुकहरुमा रोजगारी सिर्जनमा मद्दत गर्ने उल्लेख गरे ।

युरोपेली संसदमा सम्बोधन गर्दै यन्करले भने, “नयाँ आर्थिक साझेदारीले आगामी पाँच वर्षभित्रै एक करोडभन्दा बढी रोजगारी सिर्जना गर्न सक्नेछ ।”

उनले युरोपेली युनियनको अफ्रिकासँगको सम्बन्धलाई विकास सहयोगका रुपमा मात्र हेरिनु नहुने बताए । “अफ्रिका दयाको पात्र होइन । अफ्रिकालाई सन्तुलित साझेदारी चाहिएको छ र युरोपलाई पनि यस्तै साझेदार चाहिएको हो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै