• २०८१ बैशाख ७ शुक्रबार

सिमरा विमानस्थलमा रात्री उडान सेवा सुरु हुने

kharibot

बारा। तयारी भएको लामो समय पछि बाराको सिमरा विमानस्थलले रात्री उडान सेवा सञ्चालनमा ल्याउँने भएको छ । झण्डै दुई वर्षको तयारी पछि २०७१ पौष महिनमा परिक्षण उडान समेत गरेको विमान स्थलले ढिलै भए पनि यहि भदौ ३१ गते देखि रात्री उडान सेवा सुरु गर्ने भएको हो ।

देश कै ठुलो औद्योगिक तथा व्यापारीक क्षेत्रमा रहेको सिमरा विमान स्थलमा तैयारी भएको चार वर्ष पछि अब रात्री उडान हुँने विमान स्थल कार्यालय सिमराले जनाएको छ । 

२०  करोडको लागतमा चार वर्ष अघि सिमरा विमान स्थलमा रात्रीकालिन नियमीत उडान र अवतरणका लागी भौतिक पूर्वाधारको संरचना तैयारी परिएको थियो । तर , रात्री उडानको लागि विमान स्थलमा विमान कम्पनीहरु ईच्छा नदेखाएको कारण रात्री सेवा प्रयोग विहिन रहेको थियो । 

अर्को साताबाट दिवा उडानको अलवा बुद्ध एयरले सिमरा विमानस्थलमा नियमित तीन वटा रात्री उडान सेवा शुरु गर्ने भएको छ । हाल बुद्ध एयरले दैनिक ६÷७ र नेपाल एयर वेजले एउटा दिवा उडानको सेवा दिदै आएको छन् । हाललाई यस बिमानस्थलमा बुद्ध एयरले नैं नियमित रात्री उडान गर्न सक्ने विमान स्थल कार्यालयका प्रमुख हिराजन काफ्लेले बताए । 

बारा , पर्सा , रौतहट , सर्लाही र मकवानपुर जिल्लाको केन्द्र बिन्दुको रुपमा रहेको यो विमानस्थलमा साँझ ६ः३० देखि राती ८ः२० बजे सम्म उडान हुँने छन् । रात्री उडानको लामो प्रतिक्षा गरिरहेका यस क्षेत्रका उद्योगी , व्यवसायी , भारतीय पर्यटक र सर्वसाधारण समेतलाई रात्री उडान पछि राजधानी आवत–जावत गर्न सहज हुँने छ । यस विमान स्थलमा छिमेकी राष्ट्र भारतको बिहारबाट देशको राजधानि काठमाण्डौँ जाने यात्रुको संख्या पनि बढेको पाईएको छ ।

काठमाडौँ। त्रिभुवन विमान स्थलबाट सबै भन्दा नजिक रहेको यस विमान स्थललाई असाहज परिस्थितिमा विकल्पका रुपमा प्रयोग गर्न सकिने हुँदा पनि सिमरा विमानस्थलको रात्री उडान महत्वपुर्ण मानिएको छ । 

उडानलाई निरन्तरता दिनका लागि  एयरपोर्टमात्र सुविधा सम्पन्न भएर नपुग्ने हुँदा यात्रुहरुलाई गन्तव्यबाट आवत–जावतका लागि यातायातका साधनहरु संगसंगै शान्ति सुरक्षाको उचित प्रवन्ध हुँन जरुरी रहेको सिमरा विमानस्थलका प्रवन्धक हिराजन काफ्लेले बताए ।

चार्ड पर्व नजिकिदै गरेको बेला यो रात्री उडान सेवा सुबिधाले यस भेकका जनतालाई यातायातमा थप सहजता आउँने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै