• २०८१ बैशाख ८ शनिबार

नेप्सेमा १३ दसमलव छ अंकले बृृद्धि, ४३ करोडभन्दा बढीको सेयर किनबेच

kharibot

काठमाडौं। साताको चौंथो कारोवार दिन बुुधबार सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ । आज बुुधबार नेप्से सुचक १३ दसमलव छ अंकले बढेर १२ सय ३० दसमलव ७१ बिन्दुुमा चढ्दा सेन्सिटिभ दुुई दसमलव ७९ अंकले बढेर दुुई सय ६० दसमलव ८० बिन्दुुमा चढेको छ । 

एक सय ६५ कम्पनीहरुको चार हजार एक सय ७७ वटा कारोवारमा १३ लाख ९३ हजार छ सय ४९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४३ करोड २९ लाख ५७ हजार ६८ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार हुुदा सात वटा समुहको कारोवार सुचक बढेर हरियो देखिंदा तीन वटा समुहको सुचक घटेर रातो देखिएको छ । 

बाँणिज्य बैक समुहको सुचक १३ दसमलव ९८ अंकले बढेर एक हजार ७६ दसमलव ७३ बिन्दुुमा चढ्दा २५ करोड ५१ लाख ११ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बिकास बैंक समुहको सुचक पनि १४ दसमलव ८४ अंकले बढेर १४ सय ८२ दसमलव २२ बिन्दुुम चढ्दा तीन करोड ४७ लाख ४९ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज जलबिद्युत समुहको सुचक पनि चार दसमलव ८१ अंकले बढेर १३ सय ८७ दसमलव ९६ बिन्दुुमा चढ्दा एक करोड १२ लाख १९ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।  

यि बाहेक आज र्निर्जिवन बीमा, लघुबित्त र जीवन बीमा समुहको सुचकमा पनि उच्च अंकले सुधार आएको छ । होटल, फाईनान्स र उत्पादमुुलक समुहको सुचक भने सामान्य अंकले घटेकाछन ।  

बढी कमाउने कम्पनीको सुचीमा परेको रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ २६ पैसाले बढेर एक सय २० रुपैयाँम कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको आईसीएफसी फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने पाँच रुपैयाँ ७८ पैसाले घटेर एक सय ६३ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता चार सय सात रुपैयाँ अन्तिम मुल्यमा चार करोड ८९ लाख ४२ हजार चार सय ६९ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै