विश्वकप विजेता फ्रान्सका कप्तान लोरिसलाई जेल सजाय !

खरीबोट

लण्डन। एएफपी विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । 

लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् । 

लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका छन्। 

“गत जुलाई १५ तारिखका दिन उहाँ विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बन्नु भएको थियो, उनकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो” वकिल डेभिड सोनले भने । 

“सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उहाँ लण्डनको मध्य भागमा पक्राउ पर्नुभएको छ” ती वकिलले थपे, “उहाँले आज अदालतमा क्षमा याचना गर्नुभएको छ ।” 

लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ। डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ । 

लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा याचना गरेका छन् । 

‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो’ म स्वीकार गर्दछु ’ उनले भने । तर सधैँ यस्तै गति भने नहुने उनले जारी विज्ञप्तिमा प्रष्ट पारिएको छ । 

सम्बन्धित समाचार

विश्वकप क्रिकेटका लागि अफगानिस्तानको १५ खेलाडीको घोषणा 

काठमाडौँ । आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटका लागि अफगानिस्तानले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।  अफगानिस्तान क्रिकेट बोर्ड गुलबदीन नावीको कप्तानीमा १५

विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टिमको घोषणा, मोहमद आमिर परेनन् 

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि पाकिस्तानले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ । आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि पाकिस्तानले आफ्ना खेलाडीको

विश्वकप क्रिकेटको लागि दक्षिण अफ्रीकाको १५ सदस्यीय टिमको घोषणा

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि दक्षिण अफ्रीकाले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ । आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि दक्षिण अफ्रीकाका

विश्वकप क्रिकेटका लागि श्रीलंकाले १५ सदस्यीय खेलाडीको घोषणा

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि श्रीलंकाले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ । आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि श्रीलंकाका खेलाडीको घोषणा


z