• २०८१ बैशाख ५ बुधबार

पाकिस्तानलाई पराजित गर्दै भारत साफको फाइनलमा, उपाधिका लागि माल्दिभ्ससँग खेल्ने 

kharibot

काठमाडौँ। बंगलादेशमा जारी साफ च्याम्पियनसिपको उपाधि डिफेन्डिङ च्याम्पियन भारत र माल्दिभ्स खेल्ने भएका छन्। 

बुधबार सम्पन्न सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३-० ले पराजित गर्दै फाइनल भने भारतले पाकिस्तानलाई ३-१ ले पराजित गर्दै फाइनलमा पुगेको छ।

भारतको जितमा स्ट्राइकर मनवीर सिंहले २  गोल गरे भने एक गोल सुमित पासीले गरेका थिए।  त्यस्तै पाकिस्तानका लागि एक गोल मुहमद अलीले गरेका थिए। 

प्रतियोगिताको फाइनलमा अब भारत र माल्दिभ्स  आगामी शनिबार उपाधिका लागि खेल्ने छन्।  खेल अनुसार साँझ ६:४५ मा हुने छ।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै