काठमाडौँ। बंगलादेशमा जारी साफ च्याम्पियनसिपको उपाधि डिफेन्डिङ च्याम्पियन भारत र माल्दिभ्स खेल्ने भएका छन्।
बुधबार सम्पन्न सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३-० ले पराजित गर्दै फाइनल भने भारतले पाकिस्तानलाई ३-१ ले पराजित गर्दै फाइनलमा पुगेको छ।
भारतको जितमा स्ट्राइकर मनवीर सिंहले २ गोल गरे भने एक गोल सुमित पासीले गरेका थिए। त्यस्तै पाकिस्तानका लागि एक गोल मुहमद अलीले गरेका थिए।
प्रतियोगिताको फाइनलमा अब भारत र माल्दिभ्स आगामी शनिबार उपाधिका लागि खेल्ने छन्। खेल अनुसार साँझ ६:४५ मा हुने छ।