अमेरिकामा भव्यरुपमा मनाइयो तीज

खरीबोट

काठमाडौँ। अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा अमेरिकामा भव्यरुपमा तीज मनाइएको छ । वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठुलो सभा हल खचाखच भरिएको थियो । त्यहाँको वातावरण देख्दा लाग्थ्यो - हामी नेपाल मै छौँ । तीज महोत्सव अमेरिका २०१८ जहाँ निःशुल्क प्रवेश, तीजको दर, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने व्यवस्था, साथमा तीजको किनमेल स्टलहरू पनि समावेश थिए ।  सेप्टेम्बर ९ तारिख आइतबार बिहान १२ बजे देखी सुरु भएको तीज महोत्सव बेलुकी ६ बजे सम्म लगातार चलिरह्यो ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले तीज पर्व सँग जोडिएका शिव पार्वतीको तस्बिर अगाडि पानसमा बत्ती बालेर तिज महोत्सव उद्घाटन गरेका थिए। दुई वा दुई भन्दा बढीको सामूहिक गीत र नाच होस वा पुरै हल जुरुक्क उठेर नाच्दा नेपालको तीज र वातावरण झलझल याद आउँथ्यो । नेपाली लोक संस्कृति अमेरिकामा पनि छाएको महसुस हुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका राजदूत डा. कार्कीले तीजको महत्त्व बारे प्रकाश पार्दै अमेरिकामा पनि तीज महोत्सव आयोजना गरेर अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीले उल्लेखनीय काम गरेकोमा प्रशंसा गरेका थिए । उनले तीज एउटा पर्व मात्र नभएर संस्कृति पनि भएकोले यसको जगेर्नामा ध्यान दिनुपर्ने बताए ।

आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले तीजका गीत र नाच आजकल रत्यौली बन्दै गइरहेको, त्यो भन्दा पनि बढी छाडा र विकृतिपूर्ण बन्दै जानु दु:खुद भएको बताए । उनले भने,'हामीले देशमा सबै कुरा त खायौँ खायौँ अलिकति बाँकी रहेको लोक संस्कृतिलाई बँचाउनुपर्छ अन्यथा हाम्रो सम्पूर्ण पहिचान गुम्ने छ ।'

अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तिमगरले तीज पर्व र यस सँग जोडिएका तथ्यहरूका बारेमा प्रकाश पार्दै तीजको एतिहासिक महत्त्व रहेको बताए ।          

नेपाली संघ संस्था र महिलाहरूको प्रतिनिधित्व गर्दै अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजा र अमेरिकी महिलाहरूको प्रतिनिधित्व गर्दै डा. जुडी फ्रेडिकसन सुवेदीले तीज महोत्सवको सफलताका लागि शुभकामना दिएको कार्यक्रममा अनेसास डिसीका उपाध्यक्षद्वय अरुण रुपाखेती र रजनी श्रेष्ठले धन्यवाद ज्ञापन र स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तिमगर, उपाध्यक्ष बिमला निरौला, सुस्मा खनाल, बिना घर्तिमगर, रोजा वलीले सँचालन गरेका थिए ।      

कार्यक्रममा कोसाध्यक्ष पुस्कर पन्त, आर्थिक उपसमिती संयोजक खगेन्द्र थापा र स्वयमसेबक संयोजक मुकुन्द कोइरालाले आफ्नो जिम्मेवारी अन्तरगतका विवरण पेश गरेका थिए ।  

स्मरण रहोस  अमेरिकामा हरेक वर्ष आयोजना गरिँदै आएको तीज महोत्सव पहिलो पटक सन २००८ मा रामप्रसाद खनालले सुरुवात गरेका थिए । सो भन्दा अगाडि अमेरिकामा तीजको औपचारिक कार्यक्रम भएको कुनै तथ्य भेटिदैन । सन २००८ मा  तीज महोत्सव सुरु गरिए पछि का वर्षहरूमा भने अमेरिकाका विभिन्न राज्यहरूमा तीजका कार्यक्रमहरू आयोजना गर्न थालिएको देखिन्छ ।
      
कार्यक्रमको अन्त्यमा गीत र नाचमा सहभागी टोली र तीज महोत्सवका सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
 

सम्बन्धित समाचार

सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

काठमाडौँ । पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस

सावधान ! अस्पताल परिसरमा सुर्तीजन्य पदार्थ प्रयोग त गर्दै हुनुहुन्न ?

काठमाडौँ ।  के तपाईं काठमाडौँका अस्पतालभित्र या अस्पताल बाहिर सुर्तीजन्य पदार्थको प्रयोग वा बेचबिखन त गरिरहनु भएको छैन ? सावधान ! यदि यस्तो हो भने अब भने तपाई प्रहरीको फन्दामा

ठूला सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ । ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू

अमेरिकामा भव्यरुपमा मनाइयो तीज

काठमाडौँ। अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा अमेरिकामा भव्यरुपमा तीज मनाइएको छ । वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठुलो


z