• २०८१ बैशाख ८ शनिबार

बलिवुडको बहुप्रतिक्षीत फिल्म २.० को पहिलो टिजर सर्वजनिक रजनीकान्त र अक्षयकुमारको टक्कर 

kharibot

बलिवुड । दक्षिण भारतका चर्चित फिल्म निर्माता निर्देशक एस शंकरले निर्माण र निर्देशन गरेको फिल्म २.० को पहिलो टिजर सर्वजनिक भएको छ।  साइन्स फिक्सनमा आधारित यस फिल्ममा अक्षयकुमार निगेटिभ भूमिकामा रहेका छन् भने रजनीकान्तको भूमिका महत्वपूर्ण रहेको छ । 

टिजर अत्यन्त राम्रो र प्रविधिको अत्यन्त प्रयोग गरिएको देखिन्छ। यस बर्षकै प्रतिक्षीत मध्येको  एक फिल्म रहेको २.० आगामी नोभेम्बर २९ मा प्रदर्शन हुदै छ। 

यस फिल्मको लागत र ग्राफिक्सको लागतलाई लिएर अभिनेता अक्षयकुमारले हालै एक आँकडा सार्वजनिक गरेका थिए। फिल्म निर्माणका क्रममा ७५ मिलियन डलर अर्थात् ५४४ करोड भारतीय रुपैया खर्च भएको अभिनेता अक्षयले जानकारी दिएका थिए।  तामिल र हिन्दि भाषामा बनाइएको यस फिल्म अहिलेसम्म कै ठुलो लागतमा बनाइएको फिल्म मध्ये एक बनेको छ।     

बलिवुडमा फिल्म निर्माणमा पछिल्लो समय निकै पैसा खर्च गर्न थालिएको छ । बाहुबलीको दुई भाग निर्माणमा लगभग ५ सय करोड खर्च भएको फिल्मका निर्माताले बताएका थिए । अहिले रजनीकान्त र अक्षयकुमार अभिनित फिल्म २.० को कुल लागत ५४४  करोड रहेको स्वयं अक्षयकुमारले बताए पछि सबै अचम्ममा परेका छन् ।

यस सिल्मको गत बर्ष दुबईमा सार्वजनिक गरिएको फिल्मको अडियो लन्चको कुल खर्च १२ करोड रहेको थियो। बलिवुडमा कुनै फिल्मको अडियो लन्चमा यति पैसा अहिलेसम्म खर्च गरिएको थिएन । 
गत अक्टोबर २७ मा गरिएको सो कार्यक्रममा फिल्मका सबै कलाकारलाई चार्टर प्लेनबाट दुबई लागिएको थियो । बाहुबलीपछि यस फिल्मलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यस फिल्ममा अक्षयकुमार भिलेनको भूमिकामा रहेका छन् । फिल्म आगामी नोभेम्बर २ मा रिलिज हुने भएको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै