• २०८१ बैशाख ६ बिहीबार

पुर्वकानुनमन्त्री शेरबहादुर तामाङको सरकारलाई प्रश्न : बौद्ध-जोरपाटी सडक कहिले बन्छ ?

kharibot

काठमाडौँ।  प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङले बौद्ध-जोरपाटी सडक कहिले बन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद तामाङले सरकारलाई सो प्रश्न गरेका हुन्।  

सांसद तामाङले अघिल्लो महिना भौतिक योजनामन्त्री रघुवीर महासेठ र पुर्वप्रधानमन्त्री माधव नेपाल सो क्षेत्रमा अनुगमन गर्दै भदौ १२ गते सम्म सो सडक पिच हुने सार्वजनिक रुपमा बोलेको भन्दै अहिलेसम्म सो सडक नबनेकोमा सरकारलाई प्रश्न गरेका छन्। उनले भने, भदौ १२ देखि यता धेरै दिन बितिसक्यो अहिले एउटा जेसिबीले खिरखिरी मात्र काम गरिरहेको छ।'

बौद्ध-जोरपाटी, जोरपाटीबाट साँखु र साँखु-फडकेश्वोरजाने बाटो र यो  मेलम्ची आयोजनासम्म जाने मूल सडक भएको भन्दै सांसद तामाङले सो सडकका बारेमा सम्बन्धित मन्त्रीबाट जवाफ मागेको छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै