बाँकेमा टिटानस सुर्ईको अभाव

खरीबोट

बाँके । बाँकेमा टिटानस सुईको अभाव भएको छ । चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन् ।

औषधि व्यवसायी सङ्घ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माका अनुसार एक महिनादेखि बजारमा टिटानसको सुई अभाव भएको हो । भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जलगायतका अस्पतालमा बिरामीको उपचारमा कठिनाइ भएको छ ।

भारतीय कम्पनीले उत्पादन गरी वीरगञ्जमा रहेको ‘सुपर’ स्टोरमा आउने र त्यहाँबाट थोक बिक्रेता हुँदै रिटेलर खुद्रा मेडिकलमा पुग्ने गरेकोमा एक महिनादेखि सो सुईको अभाव देखिएको हो ।

भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले अस्पतालले सो सुई उपलब्ध गराउने नभई बिरामी आएको खण्डमा बिरामीले नै खरीद गर्नुपर्ने भएकाले अस्पताललाई जानकारी नभएको बताए । “टिटानसको सुई नभएको खण्डमा विकल्पमा प्रयोग गर्न सकिने विधि छ, तर जुन सामान्यभन्दा अलि महँगो हुन्छ”, डा थापाले भने ।

भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी सुदीप पौडेलले अस्पतालमा उपचारका लागि आउने बिरामीले बजारमा टिटानसको औषधि नभएको गुनासो गरेको बताए । सीमावर्ती रुपैडिहामा समेत अभाव रहेको आफूलाई जानकारी आएको पौडेलले बताए ।

सम्बन्धित समाचार

बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट

बाँके । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा बाँकेका आठ स्थानीय तहका लागि रु दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ रु

एक शिक्षक, शून्य विद्यार्थी

बाँके । विद्यालय भन्ने बित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छ । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् । डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपार्इंले सोचेजस्तो देख्नुहुन्न

सहकारीमा अपचलन भएको रु २६ करोड फिर्ता गर्दै बाँके प्रहरी

काठमाडौँ । सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सरोकारवालाबीचको छलफलमा

बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि डिपीआर सम्पन्न

नेपालगञ्ज । बाँके जिल्लाको वैजनाथ गाउँपालिकाको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण र विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर)को काम सकिएपछि अहिले


z