• २०८१ बैशाख ७ शुक्रबार

बाँकेमा टिटानस सुर्ईको अभाव

kharibot

बाँके । बाँकेमा टिटानस सुईको अभाव भएको छ । चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन् ।

औषधि व्यवसायी सङ्घ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माका अनुसार एक महिनादेखि बजारमा टिटानसको सुई अभाव भएको हो । भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जलगायतका अस्पतालमा बिरामीको उपचारमा कठिनाइ भएको छ ।

भारतीय कम्पनीले उत्पादन गरी वीरगञ्जमा रहेको ‘सुपर’ स्टोरमा आउने र त्यहाँबाट थोक बिक्रेता हुँदै रिटेलर खुद्रा मेडिकलमा पुग्ने गरेकोमा एक महिनादेखि सो सुईको अभाव देखिएको हो ।

भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले अस्पतालले सो सुई उपलब्ध गराउने नभई बिरामी आएको खण्डमा बिरामीले नै खरीद गर्नुपर्ने भएकाले अस्पताललाई जानकारी नभएको बताए । “टिटानसको सुई नभएको खण्डमा विकल्पमा प्रयोग गर्न सकिने विधि छ, तर जुन सामान्यभन्दा अलि महँगो हुन्छ”, डा थापाले भने ।

भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी सुदीप पौडेलले अस्पतालमा उपचारका लागि आउने बिरामीले बजारमा टिटानसको औषधि नभएको गुनासो गरेको बताए । सीमावर्ती रुपैडिहामा समेत अभाव रहेको आफूलाई जानकारी आएको पौडेलले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै