• २०८१ बैशाख १३ बिहीबार

बक्सअफिसमा गीतले मारिन् बाजी, प्रेमको रोजलाई रामकहानीले जित्यो  

kharibot

काठमाडौँ। फिल्म ‘प्रेमगीत’ बाट नेपाली फिल्म क्षेत्रमा स्थापित भएका दुई स्टार अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको फिल्म रोज र रामकाहानी एक आपसमा देश भर भिडन्तमा रहेका छन् ।   

गएको ३ वर्षमा दुवैले नेपाली फिल्म उद्योगमा राम्रा फिल्म दिएका छन् । तर ३ वर्षपछि ‘प्रेमगीत’ का प्रेम र गीत आज बक्सअफिसमा आमनेसामने भएका हुन् । 

'रामकहानी' र 'रोज' को महायुद्धलाई प्रदीप र पूजाको स्टारडम मापन हुने विश्लेषणका बीच यस पटक अभिनेत्री पुजाले प्रदीपलाई मात दिएकी छन्। शुक्रबारदेखि बुधबारसम्मको बक्सअफिस रिपोर्ट अनुसार रोजलाई रामकहानीले उछिनेको छ। 

रिलिज भएका यी दुवै फिल्म मल्टिप्लेक्समा शोजको हिसाबमा 'रामकहानी' भन्दा 'रोज' अगाडि देखिए पनि रामकहानीले अहिले आएर बढी शो पाएको छ । 'सिंगल स्क्रिन' मा पनि रामकहानीको शो अहिले बढिरहेको छ। 

सुदर्शन थापा निर्देशित फिल्म 'रामकहानी' लभस्टोरी-कमेडी फिल्म हो भने नीरक पौडेलको 'रोज' क्राइम-थ्रीलर फिल्म हो । 

हामीलाई प्राप्त बक्सअफिस रिपोर्ट अनुसार रामकहानीले पहिलो दिन देखिनै आक्रामक ब्यापार गरेको छ। भने रोज औसत देखिएको छ। 

रामकहानी बक्स अफिस कलेक्सन :

रामकहानीले पहिलो दिन २६ लाख ३६ हजार, दोस्रो दिन ४६ लाख ५० हजार, तेस्रो दिन २ लाख २३ हजार, चौथो दिन १८ लाख ५५ हजार, पाचौ दिन ५० लाख र बुधबार छैठौ दिन ८० लाख ८५ हजार कलेक्सन गरेको छ। रामकहानी तीजको दिन देशभरका हलमा हाउसफुल चलेको थियो। यसरी रामकहानीले बुधबारसम्म कुल २ करोड ४९ लाख ४० हजार ग्रस कलेक्सन गर्न सफल भएको छ। 

रोजको बक्सअफिस रिपोर्ट :

रिपोर्ट अनुसार रोजले पहिलो दिन केबल १६ लाख १५ हजार ब्यापार गरेको थियो।  त्यस्तै दोस्रो दिन ३२ लाख २८ हजार, तेस्रो दिन २२ लाख ३७ हजार, चौथो दिन १२ लाख ५० हजार, पाचौ दिन २२ लाख ५ हजार र बुधबार छैठौ दिन ३० लाखको ब्यापार गरेको छ।  यसरी रोजले बुधबारसम्म एक करोड ३४ लाखको ग्रस कलेक्सन गरेको छ।  

रामकहानीमा आकाश श्रेष्ठ, निर्मात्री समेत रहेकी पुजा शर्मालगायत चर्चित हास्यकलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झाको प्रमुख भूमिका छ । भने यस फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। 

त्यस्तै रोजमा प्रदीपका अलावा परमिता आरएल राणा र मिरुना मगर प्रमुख भूमिकामा रहेका छन् भने यस फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै