एप्पलले नयाँ आइफोन सार्वजनिक गर्यो, यस्तो छ मुल्य

खरीबोट
ad

कुपरटिनो, क्यालिफोर्निया। अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेका छन् । यसलाई अमेरिकी बजारमा ११ सय डलर (करिब रु. १ लाख २६ हजार) रहेको छ । यसको मूल्य आइफोन एक्सभन्दा सय डलर बढी रहेको छ । 

म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो रहेको छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रीनहरु साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएकाले यस फोनमा सो गुनासोलाई सम्बोधन गरिएको छ।  

एप्पलले बुधबार नै आइफोन एक्सआर मोडेल सार्वजनिक गरेको छ । अक्टोबर २६ बाट बजारमा आउने यसको मूल्य करिब ७५० अमेरिकी डलर छ । 

सम्बन्धित समाचार

एप्पलले नयाँ आइफोन सार्वजनिक गर्यो, यस्तो छ मुल्य

कुपरटिनो, क्यालिफोर्निया। अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै

अर्को पुस्ताको आइफोन एक्स ल्याउने तयारीमा एप्पल ! 

उत्तर अमेरिका । एप्पलको आइफोन १० लन्च भएको भर्खर चार महिना पुग्दै छ । यसै वर्ष यसका नयाँ भर्जन लन्च हुन सक्ने सम्भावना बढेको एजेन्सीहरुले जनाएका हुन् । हालैको  समाचारअनुसार

नेपाली बजारमा पनि आयो आइफोन-१०, कति पर्छ मुल्य ?

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता कम्पनी नेक्स्ट कम्युनिकेशनले आजबाट नेपाली बजारमा एप्पलको आइफोन १० सार्वजनिक गर्दै छ । नेपाली बजारमा उपलब्ध हुने आइफोन १० मा ६४ जीबी र २५६

किन आइफोन १० का फिचर नयाँ होइनन्, यँहा पढ्नुस कारण   

गत सेप्टेम्बर १२ मा एप्पलक सिईओ टिम कुकले आइफोन १० को लन्च गर्दै पहिलो आइफोन लन्च पछिको अहिलेसम्मको सबै भन्दा ठुलो फड्को मारेको बताए । सबैको अनुमान विपरित एप्पलले आइफोन निर्माणको