• २०८१ बैशाख ८ शनिबार

एप्पलले नयाँ आइफोन सार्वजनिक गर्यो, यस्तो छ मुल्य

kharibot

कुपरटिनो, क्यालिफोर्निया। अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेका छन् । यसलाई अमेरिकी बजारमा ११ सय डलर (करिब रु. १ लाख २६ हजार) रहेको छ । यसको मूल्य आइफोन एक्सभन्दा सय डलर बढी रहेको छ । 

म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो रहेको छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रीनहरु साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएकाले यस फोनमा सो गुनासोलाई सम्बोधन गरिएको छ।  

एप्पलले बुधबार नै आइफोन एक्सआर मोडेल सार्वजनिक गरेको छ । अक्टोबर २६ बाट बजारमा आउने यसको मूल्य करिब ७५० अमेरिकी डलर छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै