• २०८१ बैशाख ८ शनिबार

बाजुराका ५५० परिवार अँध्यारोमा

kharibot

बाजुरा । बूढीगङ्गा नगरपालिका–१, २ र ३ का ५५० परिवार करीब एक महिनादेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । गाउँमा जडान गरिएको मनागाड लघुजलविद्युत् आयोजना दोस्रोको नहर पहिराले बगाएपछि विद्युत् अवरुद्ध भएको छ ।

मनागाडमा निर्माण गरिएको विद्युत्को नहरसहित विद्युत्गृह र स्टिलका ५० खम्बासमेत पहिराले बगाएर क्षतविक्षत बनाएको निर्माण समिति सचिव जीतबहादुर थापाले बताए । सत्तरी मिटर लामो नहर, विद्युत्गृहबाट जोडिएका विद्युत्का खम्बा र विद्युत्गृहमा यही भदौ १ गते रातिको बाढीपहिराले क्षति पु¥याएको हो ।

चौँतीस किलोवाट क्षमताको विद्युत् तीन वर्षदेखि नियमित रुपमा सञ्चालनमा रहे पनि पहिराका कारण नहरको निशानासमेत नरहने गरी बगाएकाले निर्माण गर्न ढिलाइ हुने सचिव थापाले बताए । विद्युत् आयोजना २०७२ सालमा निर्माण गरिएको हो ।

विद्युत्को उज्यालोमा बस्दै आएका स्थानीयवासी अहिले अँध्यारोमा बस्नु परेकामा चिन्तित छन् । टुकी, लाल्टिन, गोबर ग्याससहितका साधन पूर्णरुपमा विस्थापन भएका समयमा लामो समयसम्म बत्ती अवरुद्ध भएपछि स्थानीयवासीले सास्ती बेहोर्नुपरेको छ । विद्युत् अवरुद्ध हुँदा बढी समस्या विद्यार्थीलाई भएको छ । सोबारे यही भदौ २३ गते प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्रमार्पmत जानकारी गराइसकिएको सांसद लालबहादुर थापाले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै