मेगा बैंकको दुई अर्ब ९७ करोडको हकप्रद आजबाट

खरीबोट
ad

काठमाडौं । मेगा बैंकले आज मंगलबारबाट दुुई अर्ब ९७ करोड ८५ लाख ३४ हजार छ सय ३० रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।

बैंकले चुक्ता पुँजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार १९ रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १० बराबर छ दशमलव पाँचको अनुपातमा  दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको बैंकको हकप्रद सेयरको बिक्री कार्य असोज ३० गतेसम्म जारी रहने छ । अधिकृत पुँजी १० अर्ब तथा जारी पुँजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय ८१ रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय १४ रुपैयाँ पुुग्ने छ ।

बैंकले आव २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५५ करोड १० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

 

सम्बन्धित समाचार

मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । मेगा बैंक र जनरल इन्स्योरेन्स कम्पनीबिच सम्झौता भएको छ । बैंकले बैकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । बैक तथा इन्स्योरेन्स बीच बुधवार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा

मेगा बैंकबाट १२ हजार ९ सय ९९ मासिक किस्तामै गाडी 

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० बर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।  मेगा बैंककी सहायक नायब

मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र