साफमा सेमिफाइनलमा पराजित नेपाली राष्ट्रिय टोली स्वदेश फर्कियो 

खरीबोट

काठमाडौँ। बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । 

नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । बङ्गलादेशमा भएको साफको १२आँै संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै घर फर्किएको हो । 

समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग ३–० को हार व्यहोरेको थियो । समूह चरणमा नेपालले बङ्गलादेश र भूटानमाथि शानदार जीत निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी र खेल प्रशंसकहरु नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । समूह चरणमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २–० ले पराजित भएको थियो । श्रीलङ्का पनि भारतसँग २–० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको गोलाप्रथामा माल्दिभ्सले बाजी मारेको थियो । समूह चरणको खेलमा एक गोल पनि नगरी सेमिफाइनलमा आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई तीन गोल गरेको हो । 

सम्बन्धित समाचार

नेपालले महिला साफ फुटबल आयोजना गर्ने

काठमाडौँ। नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण

साफ यू–१५ मा तेस्रो स्थानका लागि नेपाल भारतसँग भिड्दै

काठमाडौँ । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदै छ । नेपाल

साफ यू–१५ फुटबल : पाकिस्तान सेमिफाइनल प्रवेश

काठमाडौँ । पाकिस्तान साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो । समूह चरणको दोस्रो खेलमा पाकिस्तानले आज

यू–१५ साफको पहिलो खेलमा माल्दिभ्समाथि नेपालको शानदार जित 

काठमाडौं। आजदेखि काठमाडौंमा सुरु भएको यू–१५ साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ।  नेपालले पहिलो हाफमा


z