सरकारी गोपनीयता ऐनलाई भङ्ग गरेका कारण रोयटर्सका पत्रकार थुनामा - आङ सान सुकी

खरीबोट

हनोई। नोबेल शान्ति पुरस्कार विजयी तथा म्यान्मारकी राज्य सल्लाहकार आङ सान सुकीले बेलायती समाचार समिति रोयटर्ससँग आबद्ध दुई पत्रकार जेल परेको विषयमा बिहीबार आफ्नो प्रतिरक्षा गरेकी छन् । 

विश्वभरीबाट व्यापक आलोचना भइरहेको समयमा उनले म्यान्मार स्वतन्त्र प्रेसको पक्षमा रहेको दाबी गरेकी छन् । नेतृ सुकीले अल्पसङ्ख्यक मुसलमान समुदाय रोहिङ्ग्यामाथि भएको सैनिक कारबाहीलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सकिने निष्कर्षमा म्यान्मार पुगेको पनि बताईन् । 

उनले पक्राउ परेका पत्रकारद्वयमाथि पूर्वाग्रह र नियोजित कारबाही नगरिएको बताइन् । नेतृ सुकीले भनिन्, “पत्रकार भएकै कारण उनीहरु जेलमा परेका होइनन्, उनीहरुले सरकारी गोपनीयता ऐनलाई भङ्ग गरेका कारण अदालतले दोषी ठहर्याइएको हो ।” 

रखाइन राज्यमा रोहिङ्ग्या मुलमानविरुद्ध भएको सैनिक दमनको समाचार सङ्कलन गर्दा सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा ३२ वर्षीय वा लोन र २८ वर्षीया क्या सोए ओेलाई गत हप्ता सात वर्षको जेल सजाय भएको थियो । यी पत्रकारहरुलाई दिइएको जेल सजायको विश्वभरी आलोचना भएको छ । 

तर संयुक्त राष्ट्रसंघलगायत विश्व समूदायले यसैलाई स्वतन्त्र पे्रसको अभिव्यक्तिमाथि हमला भएको संज्ञा दिएका छन् । पत्रकारलाई दिइएको यस सजायको विषयमा सुकीले अत्यन्त चलाखीपूर्वक बचाउ गरेकी छन् । 

रायटर्सका यी दुई पत्रकारलाई दिइएको जेल सजायको युरोपियन युनियन र अमेरिकालगायत विश्वजगतले नै आलोचना गरिरहेको छ । साथै संयुक्तराष्ट्र संघलगायत विश्वका कैयौं मानव अधिकार संघसंस्थाले उनीहरुको रिहाइका लागि आग्रहसमेत गरेका छन् । 

म्यानमारको सैनिक सरकारले करिब दुई दशकसम्म घरमै नजरबन्दका राखेका प्रजातन्त्रवादी नेतृ आङ सान सुकी केही वर्षअघि मात्र स्वतन्त्र भइ राज्य सल्लाहकारको रुपमा रहेकी छन् । पत्रकारहरुलाई जेल सजाय गरिएको विषयमा उनको मौनताको विषयमा विश्वभर आलोचना भएपछि उनको सो भनाइ आएको छ । 

सम्बन्धित समाचार

रोहिङ्ग्या विरुद्धको दुर्व्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुक : अधिकारवादी

म्यान्मार । म्यान्मारका रोहिङ्ग्या समुदायका नागरिकमाथि भएको ज्यादतिको अनुसन्धान गर्न म्यान्मार अनिच्छुक रहेको आरोप संयुक्त राष्ट्रसंघीय अधिकारवादीले लगाएका छन् । यसअघि संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले गरेको अनुसन्धानमा म्यान्मारको सेनाले त्यहाँका रोहिङ्ग्या

हस्तक्षेप गर्ने संयुक्त राष्ट्रसंघको अधिकार छैन : म्यान्मार सेनाप्रमुख

म्यान्मार । म्यान्मारका सेना प्रमुख मिन आङ हाइङले संयुक्त राष्ट्रसङ्घलाई देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरुले अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायविरुद्ध जातीय सफाया गर्ने उद्देश्यले

म्यान्मारमा बन्दी बनाइएका बेलायती पत्रकारलाई रिहा गर्न राष्ट्रसंघको आग्रह

याङ्गुन (म्यान्मार) । म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ । बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई म्यानमारको राजधानी

थाइल्याण्डका प्रधानमन्त्री र म्यान्मारका राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज अपराह्न स्वदेश फर्किएका छन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय


z