सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बजारमा पठाउन समस्या

खरीबोट

फाइल तस्बीर

मुस्ताङ। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । 

बाढीपहिरोका कारण हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका हुन् । 

म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से खण्ड तथा मुस्ताङ थासाङ गाउँपालिका –३ लेते र ४ घासाँ गरी १५ ठाउँमा पहिरोले सडक बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्जिनियर प्रदिप निरौलाले जानकारी दिए । बेनी–जोमसोम सडक ७६ किलोमिटरको छ । 

सडक अवरुद्ध हुदाँ उत्तरी उपल्लो मुस्ताङका दुई गाउँपालिकाको वासिन्दालाई काठमाडौँ, पोखरा, जोमसोमसंगको यातायात सम्र्पक विच्छेद भएको छ । सडक अवरुद्ध स्थानीय वासिन्दा, पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने आउने तिर्थयात्रीहरु कम्तीमा आठ ठाउँमा सवारीसाधन परिवर्तन गरेर वा पैदलयात्रा गर्न बाध्य भएका छन् । 

यसैगरी पहिरोले लेते खोला नजिकै करिब दश मिटर सडक बगाएको छ भने कुन्जोमा स्वास्थ्य चौकी तथा आमा समुहको भवन पूर्णरुपमा क्षति पुर्याएको छ । थासाङ गाउपालिका २ सौरुमा बाढीले दश घरमा क्षति पुर्याएको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताए । 

सडक अवरुद्ध हुँदा मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमासमेत समस्या भएको छ । दैनिकजसो सडक अवरुद्ध हुँदा बजारमा स्याउ पठाउन समस्या भएकाले कृषकहरु निराश बनेका छन् । 

सम्बन्धित समाचार

मनाङको स्याउ अवलोकन गर्दै प्रधानमन्त्री ओली !

  प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मनाङमा एग्रो मनाङ प्रालिको स्याउ फार्म अवलोकन गर्दे । साथमा प्रधानमन्त्री धर्मपत्नी राधीका शाक्यलगायत । तस्वीर : समुन्द्रा घिमिरे, लमजुङ, रासस

सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या, गोदाममै थन्कियो

मुस्ताङ।  जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ ।  भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट

सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बजारमा पठाउन समस्या

मुस्ताङ। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।  बाढीपहिरोका कारण हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका हुन्

बाँकेको बजारमा जुम्लाको स्याउ

बाँके । स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ । अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने


z