घुस लिएको आरोपमा चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय

खरीबोट

चाङ्चुङ। सिन्ह्वा चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ । 

उनलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस लिएको आरोपमा बिहीबार दोषी ठहर्याएको हो । उनलाई ३० लाख युआन जरिवाना स्वरूप तिर्नुपर्ने फैसला पनि अदालतले गरेको छ । 

चीनको जनअदालतले दोषी ठहर्याएका लि सो प्रदेश सभाको स्थायी समितिका पूर्व उप निर्देशक समेत हुन् । 

लिले सन् १९९७ देखि २०१६ सम्मको अवधिमा अवैध तरिकाले रकम लिएको प्रमाण भेटिएको अदालतले जनाएको छ । 

उहाँले आफ्नो पदीय जिम्मेवारीको फाइदा उठाउदै सन् १९९७ देखि २०१६ सम्मको समयमा आफुभन्दा तल्लोस्तरका सदस्यको बढुवा गर्ने, व्यापार तथा निर्माण कार्यहरुमा प्रभाव पार्ने गरेको पाइएको अदालतको ठहर छ । 

आरोपी नेता लिले आफुमाथि लगाइएको आरोपका बारेमा अदालतमा न्यायाधीशहरूसँग स्वीकार गर्दै पुनरावेदन नगर्ने बताएका छन् । 

सम्बन्धित समाचार

यौनिक सम्बन्धमा किताब लेख्दा चिनियाँ उपन्यासकारले पाइन् १० वर्षको जेलसजाय 

एसिया । एक चिनियाँ महिला साहित्यकारविरुद्ध अदालतले १० वर्षको जेलसजाय सुनाएको छ । टियानी नामले प्रसिद्ध लिउ नामकी ती उपन्यासकार २०१७ मा पक्राउ परेकी थिइन् । अकुपाई नामको उपन्यास लेखेपछि

नेटो प्रमुखद्वारा रूसी तथा चिनियाँ हतियारबारे चासो व्यक्त

बर्लिन, जर्मनी। उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टलटेन्बर्गले चिनियाँ तथा रूसी मध्यम दूरीका क्षेप्यास्त्रप्रति चासो व्यक्त गर्दै मङ्गलबार बेइजिङलाई पनि अन्तराष्ट्रिय हतियार नियन्त्रण सम्झौतामा सहभागी हुन आग्रह गरेका

चिनियाँ र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता

अमेरिका । चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसबीच वासिङ्टनमा शुक्रबार अपराह्न भेटवार्ता भएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ । उनीहरुबीच दुई देशबीचको सैनिक सम्बन्धका साथै अरु द्धिपक्षीय

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दियामा

बाँके । बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ । चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष


z