• २०८१ बैशाख ७ शुक्रबार

घुस लिएको आरोपमा चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय

kharibot

चाङ्चुङ। सिन्ह्वा चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ । 

उनलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस लिएको आरोपमा बिहीबार दोषी ठहर्याएको हो । उनलाई ३० लाख युआन जरिवाना स्वरूप तिर्नुपर्ने फैसला पनि अदालतले गरेको छ । 

चीनको जनअदालतले दोषी ठहर्याएका लि सो प्रदेश सभाको स्थायी समितिका पूर्व उप निर्देशक समेत हुन् । 

लिले सन् १९९७ देखि २०१६ सम्मको अवधिमा अवैध तरिकाले रकम लिएको प्रमाण भेटिएको अदालतले जनाएको छ । 

उहाँले आफ्नो पदीय जिम्मेवारीको फाइदा उठाउदै सन् १९९७ देखि २०१६ सम्मको समयमा आफुभन्दा तल्लोस्तरका सदस्यको बढुवा गर्ने, व्यापार तथा निर्माण कार्यहरुमा प्रभाव पार्ने गरेको पाइएको अदालतको ठहर छ । 

आरोपी नेता लिले आफुमाथि लगाइएको आरोपका बारेमा अदालतमा न्यायाधीशहरूसँग स्वीकार गर्दै पुनरावेदन नगर्ने बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै