नेपालले आज भारतीय अन्डर १९ टिमको सामना गर्दै, इतिहास दोहोराउने आशा 

खरीबोट

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपालको अन्डर-१९टिम ले आज भारतीय अन्डर १९ टिमको सामना गर्दै छ। खेल अनुसार बिहान सवा ९ बजे लखनउस्थित एकाना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियममा हुने छ। 

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई ) को आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल अन्डर-१९, भारत, अन्डर-१९, अफगानिस्तान अन्डर-१९ र भारत अन्डर-१९ (बि) सहभागी भएको चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज दोश्रो खेलमा भारत अन्डर-१९ ( ए ) को सामना गर्न लागेको हो ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले बुधबार भारत अन्डर-१९ (बि) सँग ४० रनको हार बेहोरेको थियो भने भारत अन्डर-१९ ले अफगानिस्तान अन्डर-१९ लाई १४० रनले पराजित गरेको थियो।

सुधारिएको प्रदर्शन तथा गत बर्ष नोभेम्बरमा भारत यु-१९ लाई पराजित गरेको इतिहास दोहोर्याउने उद्देश्यको साथ नेपाली युवा टिम मैदानमा उत्रनेछ। 

नेपालले गत बर्ष नोभेम्बरमा मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा राहुल द्रविड प्रशिक्षणको भारतीय यु-१९ टिमलाई १९ रनले पराजित गर्दै इतिहास रचेको थियो। आजको यस खेलमा पनि नेपालले सोहि इतिहास दोहोराउने अपेक्षा गरिएको छ। नेपालले क्रिकेटका कुनै पनि प्रतियोगितामा भारतको टिमलाई जितेको यो नै पहिलो पटक थियो । 

भारत भ्रमणमा रहेका नेपाली खेलाडीहरुमा मोहमद आरिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेस बम, रित गौतम, पवन सराफ, किशोर महतो, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, विपिन रावल, अरुण ऐरी र मोहमद सम्सद आलम रहेका छन्।

नेपालले समुह चरणको अन्तिम खेल  आगामी शनिबार अफगानिस्तान अन्डर-१९ विरुद्ध खेल्ने कार्यक्रम रहेको छ।  त्यस्तै  उपाधिका लागि सेप्टेम्बर १८ मा शिर्ष दुई टिमबीच खेल हुने छ भने तेस्रो स्थानका लागि तेस्रो र चौथो हुने टिम सेप्टेम्बर १८ मै खेल्ने छन् । सबै खेल लखनउस्थित एकना इन्टरनेशल क्रिकेट मैदान 'ए' र 'बि' मा हुने छन्।   
 

सम्बन्धित समाचार

यू-१९ एशिया कप क्रिकेटमा नेपाल पहिलो खेल भारतसँग खेल्ने, यस्तो छ खेल तालिका  

काठमाडौँ। बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित

अन्डर १९ एशिया कपका लागि १५ सदस्यीय टिमको घोषणा, को को परे ?

काठमाडौँ।  बंगलादेशले आगामी असोज १३ गते देखि २१ गतेसम्म हुने एसीसी अन्डर १९ एशिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ। आज घोषणा गरिएको नेपाली अन्डर १९ टिमको नेतृत्व

अफगानिस्तानसँग नेपाल ७१ रनले पराजित 

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएको छ।  अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछायाएको नेपालले ४५ ओभरमा १७३ रन

भारतमा भएको अन्डर १९ को चौकोणीय सिरिज भारतको 'बि' टिमले जित्यो 

काठमाडौँ। भारतको लखनउमा भएको नेपाल, अफगानिस्तान, भारत ‘ए’ र ‘बि’ सम्मेलित अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज भारतीय नेशनल एकेडेमीका खेलाडीहरु समावेश रहेको भारतीय अन्डर १९ टिम च्याम्पियन बनेको छ।  आज भएको सिरिजको


z