बुगीवुगी विजेता कबिताको पहिलो म्युजिक भिडियो पल शाहसँग, यस्तो छ भिडियो 

खरीबोट
ad

काठमाडौं । गायक राज खम्बुको नयाँ म्युजिक भिडियोको सार्वजनिक भएको छ । हालै सम्पन्न भएको बुगीवुगी शो की विजेता कबिता नेपाली र चर्चित अभिनेता पल शाह फिचरिङ रहेको ‘यही त होला माया’ बोलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बुगीवुगीको विजेता बनेपछि कबिताको यो पहिलो म्युजिक भिडियो हो । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको एरेञ्ज प्रदिप श्रेयठले गरेका हुन्, भने मिक्सिङ किश्वर थापाको रहेको छ ।

डान्सिङ जनरामा बनेको म्युजिक भिडियोमा कविता नेपालीको एक फ्यानको भूमिकामा चर्चित अभिनेता पल शाहलाई देख्न सकिन्छ । म्युजिक भिडियोमा अभिनेता पल शाह र कबिताको जोडी जमेको छ । पल र कबिताको जोडीलाई भिडियोमा उतार्ने काम भने चर्चित भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाहले गरेका छन् । पहिलो म्युजिक भिडियो भएपनि कबिताको काम उत्कृष्ट देखिएको छ । म्युजिक भिडियोमा पल र कबिताको रामान्स सहितको डान्स देख्न सकिन्छ ।

म्युजिक भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ, भने राम कुमार केसीको सिनेमाटोग्राफी रहेको छ । भिडियोको सम्पादन भने निर्देशक स्वयम् टेकेन्द्रले गरेका हुन् ।

सम्बन्धित समाचार

तरुण दलका महासचिव शाहीको रचनामा परदेशी बोलको गीत सार्वजनिक 

काठमाडौ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजं शाहीको शब्द रचना रहेको परदेशी बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीको लाजिम्पाट स्थित सम्पदा गार्डेन होटेलमा एक कार्यक्रमको आयोजना गरि उक्त गीत बिमोचन

बुगीवुगी विजेता कबिताको पहिलो म्युजिक भिडियो पल शाहसँग, यस्तो छ भिडियो 

काठमाडौं । गायक राज खम्बुको नयाँ म्युजिक भिडियोको सार्वजनिक भएको छ । हालै सम्पन्न भएको बुगीवुगी शो की विजेता कबिता नेपाली र चर्चित अभिनेता पल शाह फिचरिङ रहेको ‘यही त

गायिका विष्णुमाया पौडेल र रविन लामिछानेको तिजको कोशेली ‘शहर आएपछि’ सार्वजनिक

काठमाडौँ। लोकदोहोरी गायिका एवं मोडल विष्णुमाया पौडेलको तीजको कोशेली स्वरुप ‘शहर आएपछि’ भन्ने गीत सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द र लय रहेको यो गीतमा गायिका विष्णुमाया पौडेल र

गायत्री थापाको मार्मिक गीत ‘दशा’ सार्वजनिक 

काठमाडौं । हरितालिका तीजको अवसर पारेर गायिका गायत्री थापाले मार्मिक गीत ‘दशा’ सार्वजनिक गरेकी छन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै लोकप्रिय गायिका थापाको प्रस्तुतिमा बोल माया