• २०८१ बैशाख ७ शुक्रबार

श्रीलङ्काका मन्दिरमा पशु बलि प्रतिबन्ध

kharibot

कोलम्बो। श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । 

बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो । 

सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्रस्तावका बारेमा बिहीबार जानकारी दिनुभएको समाचारमा जनाइएको छ । सरकारको यो प्रस्तावलाई उदारवादी कतिपय हिन्दू धर्मावलम्बीहरूले पनि समर्थन गरेको र केहीले भने असन्तुष्टि जनाइएको बताइएको छ । 

हिन्दुमामिला मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरी देशभरका केही मन्दिरहरुमा परीक्षण गर्दै लागू गर्दै लैजाने सरकारले जनाएको छ । प्राचीनकालदेखिको यो अभ्यासलाई बिस्तारै देशभरी विस्तार गर्ने सरकारको रणनीति छ । 

“कानून निर्माताले मन्दिरमा जनावर र पंक्षीको बलि दिन नपाइने व्यवस्थासहितको कानून बनाउन माग गरेका थिए,” सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

हिन्दुका विभिन्न चाडपर्वका बेलामा श्रीलङ्काका कतिपय मन्दिरहरूमा बाख्रा, कुखुरा, भँैसीलगायतको बलि दिने प्रचलन रहेको छ । तर जनावर तथा पंक्षी अधिकारवादीहरूले भने त्यसको विरोध गर्दै आएका थिए । 

बलि दिनेहरूले भने लागू गर्न लागिएको नयाँ व्यवस्थाले आफ्नो धार्मिक स्वतन्त्रताको हनन हुने बताएका छन् । आफ्नो परम्परामा प्राचीन समयदेखि नै बलिप्रथा चलेर आएकाले त्यसलाई निरन्तरता दिन पाइनुपर्ने उनीहरूको माग छ । 

श्रीलङ्कामा कुल जनसङ्ख्याको १२ प्रतिशत हिन्दू धर्मावलम्बी रहेको तथ्याङ्क छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै