• २०८१ बैशाख १४ शुक्रबार

दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नेपाल आउदै 

kharibot

काठमाडौँ। दक्षिण अफ्रिकी लिजेण्ड क्रिकेटर जोन्टी रोड्स आगामी अक्टोबरमा नेपाल आउने भएका छन्।

क्रिकेटमा आफ्नो फिल्डिङले चिनिने रोड्स अक्टोबर २२ देखि नोभेम्बर ७ सम्मका लागि नेपाल आउदै छन् ।

काठमाडौँ रातो पुल स्थित इन्डोर क्रिकेट एकेडेमी नेपाल क्रिकेट स्कुलको पहलमा रोड्स नेपाल औं लागेका हुन्। नेपाल बसाईको क्रममा क्रिकेटको प्रशिक्षण दिनेछन्। 

उनलाई नेपाल ल्याउन क्रिकेट स्कुलका संचालक करन घिमिरे ‘मे’ महिनामा भारत पुगेका थिए। रोड्स आउने बारे विस्तृत जानकारी भने स्कुलले नदिए पनि नेपालमा रहदा रोड्सले टियु मैदानमा फिटनेस टेस्ट र ट्रेनिंग गर्नेछन् भने नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षण समेत दिने छन्।  

४९ बर्षिय रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका थिए। २००३ को एकदिवसीय बिश्वकप पछि सन्यास लिएका दायाँ हाते ब्याट्सम्यानले टेस्टमा ३५.६६ को औशतले २,५३२ रन तथा एकदिवसीयमा ३५.११ को औशतले ५९३५ रन बनाएका छन्।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै