• २०८१ बैशाख ८ शनिबार

भारतीय अन्डर १९ टिमविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै 

kharibot

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपालको अन्डर-१९ टिमले भारतीय अन्डर १९ टिमविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै छ। 

लखनउस्थित एकाना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा नेपाली अन्डर १९ का कप्तान आरिफ शेखले टस जितेर पहिला ब्याटिंग गर्ने  छन् । 


भारतीय क्रिकेट बोर्ड (बिसीसीआई ) को आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल अन्डर-१९, भारत, अन्डर-१९, अफगानिस्तान अन्डर-१९ र भारत अन्डर-१९ (बि) सहभागी भएको चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज दोश्रो खेलमा भारत अन्डर-१९ ( ए ) को सामना गर्न लागेको हो ।

 

लाइभ स्कोर यँहा हेर्नुहोस् 

 

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले बुधबार भारत अन्डर-१९ (बि) सँग ४० रनको हार बेहोरेको थियो भने भारत अन्डर-१९ ले अफगानिस्तान अन्डर-१९ लाई १४० रनले पराजित गरेको थियो।

सुधारिएको प्रदर्शन तथा गत बर्ष नोभेम्बरमा भारत यु-१९ लाई पराजित गरेको इतिहास दोहोर्याउने उद्देश्यको साथ नेपाली युवा टिम मैदानमा उत्रनेछ। 

नेपालले गत बर्ष नोभेम्बरमा मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा राहुल द्रविड प्रशिक्षणको भारतीय यु-१९ टिमलाई १९ रनले पराजित गर्दै इतिहास रचेको थियो। आजको यस खेलमा पनि नेपालले सोहि इतिहास दोहोराउने अपेक्षा गरिएको छ। नेपालले क्रिकेटका कुनै पनि प्रतियोगितामा भारतको टिमलाई जितेको यो नै पहिलो पटक थियो । 

भारतको अन्डर १९ टिमविरुद्ध खेल्ने नेपाली प्लेइङ एघारमा मोहमद आरिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, रित गौतम, पवन सराफ, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल र मोहमद सम्सद आलम रहेका छन्।

नेपालले समुह चरणको अन्तिम खेल  आगामी शनिबार अफगानिस्तान अन्डर-१९ विरुद्ध खेल्ने कार्यक्रम रहेको छ।  त्यस्तै  उपाधिका लागि सेप्टेम्बर १८ मा शिर्ष दुई टिमबीच खेल हुने छ भने तेस्रो स्थानका लागि तेस्रो र चौथो हुने टिम सेप्टेम्बर १८ मै खेल्ने छन् । सबै खेल लखनउस्थित एकना इन्टरनेशल क्रिकेट मैदान 'ए' र 'बि' मा हुने छन्।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै