• २०८१ बैशाख ७ शुक्रबार

संजय दत्तको 'इमेज' सुधार्न 'सन्जु' को स्क्रिप्ट परिवर्तन गरेको निर्देशक हिरानीको खुलासा

kharibot

मुम्बई। बलिवुडमा अघिल्लो  भएको फिल्म सन्जुले विश्व बक्स अफिसमा ५८० करोडको कमाई गर्न सफल भएको छ । राजकुमार हिरानीद्वारा निर्देशन गरिएको यस फिल्मको कथालाई लिएर अहिले पनि बहस जारी रहेको छ।  

फिल्म निर्देशक हिरानीलाई संजय दत्तको बिग्रेको 'इमेज' सुधार्न फिल्म बनाएको आरोप लागेको छ। फिल्म प्रमोशनको क्रममा हिरानीले यो आरोपको खण्डन गरिरहे। तर अहिले आएर निर्देशक हिरानीले सन्जुको कथा बारे खुलेर कुराकानी गरेका छन्। 

हिरानीले हालै दिएको एक अन्तर्वार्तामा सन्जुको सुटिंग सकिएपछि केहि सिनको फेरी सुटिंग गरेको बताए । हिरानीले सुटिंगको क्रममा आफु गलत दिशामा ग्गएको बताउदै फर्स्ट एडिट पछि फिल्म केहि व्यक्तिलाई देखाएको र कसिअले पनि मन नपराएको खुलासा गरे।  सुरुवातमा आफुले असली कथा नै पेश गर्न खोजेको र आफुले कुनै किसिमको सहानुभूति देखाउन नचाहेको निर्देशक हिरानीले बताए। तर फिल्मको निर्माणको क्रममा सन्जु त मेरो फिल्मको हिरो हो भन्ने कुरा आफुले बुझेपछि आफुले पात्रमा आफुले सहानुभूति देखाउनुपर्ने निष्कर्षमा आफु पुगेको बताए।

त्यसपछि फिल्मको स्क्रिप्टमा परिवर्तन समेत गरिएको बताउदै फिल्मको एक सिनमा अदालतको फैसला आएपछि सन्जुले आत्महत्या गर्न खोजेको सिन देखाइएको छ । संजय दत्तले आफुलाई सो घटना बताएको तर आफुहरुले सो सिन पहिला सुटिंग नगरेको बताउदै निर्देशक हिरानीले दर्शकको सहानुभूति लिन आफुहरुले सो सिन पछि सुटिंग गरेको बताए। 

संजय दत्तले आफ्नो जीवनमा धेरै गल्ति गरेपनि उनी गलत मानिस नभएको बताउदै हिरानीले संजयले कसैलाई नोक्सान नपुर्याएको बताए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै