काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाली अन्डर १९ टिमले अहिले भारतीय अन्डर १९ टिमसँग खेलिरहेको छ। टस जितेर पहिला ब्याटिंग गरेको नेपालले सुरुवाती ओभरमा ३ विकेट गुमाएपनि नेपाललाई ट्रितराज दास र सन्दीप जोराले नेपालको पारी सम्हालेका छन्।
नेपालका लागि दास र जोराले ६९ रनको साझेदारी गरेका थिए। सन्दीप जोराले आफ्नो अर्धशतक पुरा गरेका छन्। भने दासले आफ्नो ४६ रन बनाएर आउट भए । सन्दीपले ७८ बलमा चार चौका र एक छक्का हानेर आफ्नो अर्धशतक पुरा गरेका हुन्। अहिले सन्दीप ५२ र भिम सार्की ११ रन बनाएर खेलिरहेका छन्।
नेपालका लागि कप्तान आरिफ शेख र रित गौतम शुन्य रनमा आउट भएका थिए भने रवि शाहले ५ रन मात्र बनाएर आउट भएका थिए ।
नेपालले यो समाचार तयार गरुन्जेल ३४ ओभरमा ४ विकेट गुमाएर ११६ रन बनाएको छ।