• २०८१ बैशाख ७ शुक्रबार

भारतीय अन्डर १९ विरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

kharibot

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाली अन्डर १९ टिमले अहिले भारतीय अन्डर १९ टिमसँग खेलिरहेको छ। टस जितेर पहिला ब्याटिंग गरेको नेपालले सुरुवाती ओभरमा ३ विकेट गुमाएपनि नेपाललाई ट्रितराज दास र सन्दीप जोराले नेपालको पारी सम्हालेका छन्। 

नेपालका लागि दास र जोराले ६९ रनको साझेदारी गरेका थिए।  सन्दीप जोराले आफ्नो अर्धशतक पुरा गरेका छन्। भने दासले आफ्नो ४६ रन बनाएर आउट भए । सन्दीपले ७८ बलमा चार चौका र एक छक्का हानेर आफ्नो अर्धशतक पुरा गरेका हुन्। अहिले सन्दीप ५२ र भिम सार्की  ११ रन बनाएर खेलिरहेका छन्। 

नेपालका लागि कप्तान आरिफ शेख र रित गौतम शुन्य रनमा आउट भएका थिए भने रवि शाहले ५ रन मात्र बनाएर आउट भएका थिए ।

नेपालले यो समाचार तयार गरुन्जेल ३४ ओभरमा ४ विकेट गुमाएर ११६ रन बनाएको छ। 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै