• २०८१ बैशाख ८ शनिबार

डिप स्पेसबाट आयो ७२ वटा रहस्यमय संकेत !

kharibot

वैज्ञानिकहरुले एलियन पत्ता लगाउन जारी राखेको प्रयासमा एउटा महत्वपूर्ण खुड्किला पार गरेको दाबी गरेका छन् । डिप स्पेसबाट रहस्यमय ७२ वटा संकेतहरु पाएसँगै यस्तो दाबी गरिएको हो । 

यी संकेतहरुलाई फाष्ट रेडियो बस्र्ट्स (एफआरबीएस) नाम दिइएको छ । तिनीहरु आर्टिफिसियल इन्टेलिजेन्स सिष्टममार्फत पत्ता लागेका हुन् । 

ती संकेतहरु एफआरबी १२११०२ भन्ने डिप स्पेसवरिपरिबाट आएका बताइएको छ । उक्त स्थान पृथ्वीभन्दा करिब ३ बिलियन प्रकाशवर्ष टाढा रहेको वैज्ञानिकहरुको भनाइ छ ।
तर यति हुँदाहुँदै पनि वैज्ञानिकहरु समेत एफआरबीको ठ्याक्कै उद्गम स्थानबारे भने एकीन भइसकेका छैनन् । 
यसका लागि धेरै सिद्धान्तहरु अघि सारिएका छन् । जसमा न्युट्रोन स्टार, सुपरम्यासिभ ब्ल्याकहोलहरु र एलियनहरुतर्फ वैज्ञानिकहरुको अनुमान अघि बढेको छ । 

एफआरबी पत्ता लगाउन अनुसन्धाताहरुले एआई प्रणाली प्रयोग गरेर यसअघिका डाटाहरुको विश्लेषण समेत गरिरहेका छन् । उक्त ७२ एफआरबी एक घण्टाभित्रै पत्ता लागेका थिए । 

रिसर्चरहरुका अनुसार यसले एफआरबीको स्रोत क्रमैसँग क्विसाइन्सको अवधि र फ्रेन्जाइज्ड एक्टिभिटीको बीच हुनेसक्ने बताइएको छ । 

यस अनुसन्धान (ब्रेकथ्रु इनिसिएटिभ्स)का कार्यकारी निर्देशक पेट वर्डेनका अनुसार खगोलीय अनुसन्धानकै रहस्यमय कुराको ज्ञानलाई यसले थप मद्दत पुगेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै