• २०८१ बैशाख ८ शनिबार

गगनको गृहमन्त्रीलाई प्रश्न -छानबिनलाई प्रभावित हुने विचार राख्ने प्रधानमन्त्रीलाई प्रश्न सोध्ने हिम्मत गर्नुभयो ?

kharibot

काठमाडौँ। प्रतिनिधि सभामा नेपाली काँग्रेसका युवा नेता गगन थापाले निर्मलाको हत्या प्रकरणमा निष्पक्ष छानिबनमा प्रधानमन्त्रीले प्रभाव पारेको विषयमा गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरेका छन्। 

गगन थापाले भने, 'निर्मल हत्या प्रकरणमा दुई जना दिदी बहिनीलाई प्रहरीले हिरासतमा लियो। आरोप प्रमाणित नहुने बेलासम्म कसैलाई पनि केहि बोल्ने अधिकार छैन। तर जनतासँग प्रधानमन्त्री कार्यक्रममा यस घटनासँग सम्बन्धित तथ्यहरुलाई तोडमोड त प्रधानमन्त्रीले गर्नु नै भयो र यो छानबिनलाई प्रभावित हुने गरि आफ्ना  विचार राख्नु भयो। निश्पक्ष छानबिनलाई प्रभावित हुने कुनै पनि अभिव्यक्त राख्न हामीलाई अनुरोध गर्ने माननीय गृहमन्त्रीले सम्माननीय प्रधानमन्त्रीलाई भेटेर यस्तो किन गर्नु भयो भनेर प्रश्न राख्नु भयो ? के प्रधानमन्त्रीलाई यस्तो प्रश्न सोध्ने हिम्मत गर्नु भयो ?' भनेर प्रश्न गरेका छन्।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै