नेपाली अन्डर १९ टिम १५६ रनमा अलआउट, सन्दीप जोराले खेले ६६ रनको पारी 

खरीबोट

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपालको अन्डर-१९ टिमले भारतीय अन्डर १९ टिमलाई १५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गर्दै नेपाली टिम ४५.५ ओभरमा १५६ रन बनाएर अलआउट भएको हो । 

लखनउस्थित एकाना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालका लागि सन्दीप जोराले ६६ रन बनाए भने ट्रितराज दासले ४६ रनको पारी खेलेका थिए भने भिम सार्कीले २८ रन बनाएका थिए। यी बाहेक नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

त्यस्तै भारत अन्डर १९ का बलर वाईडि म्यांगवानी र अजय देव गौडले ४-४ विकेट लिएका थिए। 

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई ) को आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल अन्डर-१९, भारत, अन्डर-१९, अफगानिस्तान अन्डर-१९ र भारत अन्डर-१९ (बि) सहभागी भएको चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज दोश्रो खेलमा भारत अन्डर-१९ ( ए ) को सामना गरिरहेको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले बुधबार भारत अन्डर-१९ (बि) सँग ४० रनको हार बेहोरेको थियो भने भारत अन्डर-१९ ले अफगानिस्तान अन्डर-१९ लाई १४० रनले पराजित गरेको थियो।

नेपालले गत बर्ष नोभेम्बरमा मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा राहुल द्रविड प्रशिक्षणको भारतीय यु-१९ टिमलाई १९ रनले पराजित गर्दै इतिहास रचेको थियो। आजको यस खेलमा पनि नेपालले सोहि इतिहास दोहोराउने अपेक्षा गरिएको छ। नेपालले क्रिकेटका कुनै पनि प्रतियोगितामा भारतको टिमलाई जितेको यो नै पहिलो पटक थियो । 

भारतको अन्डर १९ टिमविरुद्ध खेल्ने नेपाली प्लेइङ एघारमा मोहमद आरिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, रित गौतम, पवन सराफ, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल र मोहमद सम्सद आलम रहेका छन्।

नेपालले समुह चरणको अन्तिम खेल  आगामी शनिबार अफगानिस्तान अन्डर-१९ विरुद्ध खेल्ने कार्यक्रम रहेको छ।  त्यस्तै  उपाधिका लागि सेप्टेम्बर १८ मा शिर्ष दुई टिमबीच खेल हुने छ भने तेस्रो स्थानका लागि तेस्रो र चौथो हुने टिम सेप्टेम्बर १८ मै खेल्ने छन् । सबै खेल लखनउस्थित एकना इन्टरनेशल क्रिकेट मैदान 'ए' र 'बि' मा हुने छन्।   

सम्बन्धित समाचार

भारतमा अभ्यास खेल खेल्ने यू-१९ टिमको घोषणा, को को परे ?

काठमाडौँ । अन्डर १९ विश्वकप क्रिकेट छनौट खेलको तयारीका लागि भारत जाने १८ सदस्यीय क्रिकेट टिमको घोषणा गरिएको छ । भारतमा हुने ४ अभ्यास खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय

यू-१९ एशिया कप क्रिकेटमा नेपाल पहिलो खेल भारतसँग खेल्ने, यस्तो छ खेल तालिका  

काठमाडौँ। बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित

अन्डर १९ एशिया कपका लागि १५ सदस्यीय टिमको घोषणा, को को परे ?

काठमाडौँ।  बंगलादेशले आगामी असोज १३ गते देखि २१ गतेसम्म हुने एसीसी अन्डर १९ एशिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ। आज घोषणा गरिएको नेपाली अन्डर १९ टिमको नेतृत्व

अफगानिस्तानसँग नेपाल ७१ रनले पराजित 

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएको छ।  अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछायाएको नेपालले ४५ ओभरमा १७३ रन


z