सत्तारुढ दलको भातृ संगठन अनेरास्ववियु बलात्कारीलाई फासीको माग गदै सडकमा 

खरीबोट

काठमाडौँ। बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गदै नेकपाको भातृ संगठन अनेरास्ववियुका विद्यार्थीहरु सडकमा उत्रिएका छन्  । अनेरास्ववियु सरस्वती क्याम्पस  कमिटीले ठमेलर, लैनचौरमा कालो फेटासहित जुलुस निकालेको छ । 

बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई महनिौ दिनसम्म कारवाही गर्न नसक्नु  दुई तिहाइ बहुमत भएको बामपन्थी सरकारको लज्जाको विषय भएको भन्दै अनेरास्ववियुले बिरोध गरेको हो  । 

नेकपाकी केन्द्रिय सदस्य दिलकुमारी पन्तले आधा आकाश ढाँकेका महिलाहरु असुरक्षित भएको मुलुकमा शान्ति सुरक्षाको प्रत्याभुत हुन नसक्ने बताईन्  ।
त्यस्तै अनेरास्ववियु केन्द्रिय सचिव सुदेश पराजुलीले  कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराम बिष्टलाई २४ घण्टाभित्र पक्राउ गरेर कारवाही नगरे देशैभर आन्दोलन गर्ने चेतावनी दिएका छन्  ।

संविधान संसोधन गरेर बलात्कारीलाई फासीको सजाय हुनुपर्छ भन्दै  अनेरास्ववीयु आर आर क्याम्पसका कोषध्यक्ष संगम देवकोटाले सबै प्रकारका महिला हिंसाको अन्त्यको लागि  सरकारले कडा कानुन ल्याई जनतालाई  कानुनी राज्य छ भन्ने महसुस गराउन सक्नुपर्नेमा जोड दिए  ।
 

सम्बन्धित समाचार

सरकारलाई अनेरास्ववियुको प्रश्न : तरकारी प्रकरणमा विदेशी दबाबमा त परेन ?

काठमाडौं । भारतबाट आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेकपाको विद्यार्थी संगठनले नै विरोध जनाएको छ ।  नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले

अनेरास्ववियु आरआरको मुखपत्र विचारको विमोचन

काठमाडौं । अनेरास्ववियु आरआरको मुखपत्र विचारको विमोचन गरिएको छ  । आइतबार आरआर क्याम्पसको सभाहलमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको विजयादशमी, शुभदीपावली नेपाल सम्वत् तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मुखपत्र विचारको

सत्तारुढ दलका दुवै अनेरास्ववियुले मागे प्रहरी महानिरीक्षक राजीनामा 

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् ।  निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई

सत्तारुढ दलको भातृ संगठन अनेरास्ववियु बलात्कारीलाई फासीको माग गदै सडकमा 

काठमाडौँ। बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गदै नेकपाको भातृ संगठन अनेरास्ववियुका विद्यार्थीहरु सडकमा उत्रिएका छन्  । अनेरास्ववियु सरस्वती क्याम्पस  कमिटीले ठमेलर, लैनचौरमा कालो फेटासहित जुलुस निकालेको छ


z