• २०८१ बैशाख ७ शुक्रबार

सत्तारुढ दलको भातृ संगठन अनेरास्ववियु बलात्कारीलाई फासीको माग गदै सडकमा 

kharibot

काठमाडौँ। बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गदै नेकपाको भातृ संगठन अनेरास्ववियुका विद्यार्थीहरु सडकमा उत्रिएका छन्  । अनेरास्ववियु सरस्वती क्याम्पस  कमिटीले ठमेलर, लैनचौरमा कालो फेटासहित जुलुस निकालेको छ । 

बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई महनिौ दिनसम्म कारवाही गर्न नसक्नु  दुई तिहाइ बहुमत भएको बामपन्थी सरकारको लज्जाको विषय भएको भन्दै अनेरास्ववियुले बिरोध गरेको हो  । 

नेकपाकी केन्द्रिय सदस्य दिलकुमारी पन्तले आधा आकाश ढाँकेका महिलाहरु असुरक्षित भएको मुलुकमा शान्ति सुरक्षाको प्रत्याभुत हुन नसक्ने बताईन्  ।
त्यस्तै अनेरास्ववियु केन्द्रिय सचिव सुदेश पराजुलीले  कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराम बिष्टलाई २४ घण्टाभित्र पक्राउ गरेर कारवाही नगरे देशैभर आन्दोलन गर्ने चेतावनी दिएका छन्  ।

संविधान संसोधन गरेर बलात्कारीलाई फासीको सजाय हुनुपर्छ भन्दै  अनेरास्ववीयु आर आर क्याम्पसका कोषध्यक्ष संगम देवकोटाले सबै प्रकारका महिला हिंसाको अन्त्यको लागि  सरकारले कडा कानुन ल्याई जनतालाई  कानुनी राज्य छ भन्ने महसुस गराउन सक्नुपर्नेमा जोड दिए  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै