चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

खरीबोट

लस एन्जलस। स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो । 

स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन । टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो । 

सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो । 

स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो । 

अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन । स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ । 

मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए । चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन् । 

स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ । 

बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ, र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ । 

स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ । स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ । 

सम्बन्धित समाचार

चन्द्रमायाको पिडा - झरीमा तप्तप्, धुपमा हप्हप्, न गाँस न सुरक्षित बास

काभ्रेपलाञ्चोक । आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर

बेयरसीट दुर्घटनाग्रस्त, टुट्यो इजरायलको चन्द्रमामा पुग्ने सपना !

इजरायलले पहिलोपटक चन्द्रमाको लागि पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त भएपछि चन्द्रमाको सतहमा सफल अवतरण गर्नबाट चुकेको छ । निजी लगानीबाट चन्द्रमाको लागि निर्माण गरिएको पहिलो अन्तरिक्ष यान बेयरसीट नेपाली समयअनुसार शुक्रबार बिहान १

कुरूप चन्द्रमा यसरी सुन्दर भयो [कथा]

ब्रह्माण्डको उत्पत्तिलाई लिएर विश्वका विभिन्न समुदायमा आ-आफ्नै खालका मिथक र दन्तेकथाहरू पाइन्छन् । त्यस्तै चन्द्रमाको सुन्दरतालाई लिएर पनि विश्वका फरक-फरक समुदायमा थरीथरीका किम्बदन्तीमा आधारित रहेर लोककथाहरू लेखिएका छन् । यहाँ

टोयोटाले चन्द्रमामा पठाउनका लागि एक स्वचालित रोभर निर्माण गर्ने

जापानको कारनिर्माता कम्पनी टोयोटाले चन्द्रमाको लागि एक स्वचालित रोभर निर्माण गर्ने घोषणा गरेको छ । टोयोटाले जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (जाक्सा)सँग सहकार्य गरेर उक्त रोभरलाई जापानको २०२९ देखि २०३४ सम्मको


z