साताको सेयर कारोबार रकम २७ प्रतिशतले घट्यो

खरीबोट

साताका प्रमुख सेयर सूचकांकहरु 

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३ हजार छ सय ११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा २७ दशमलव १७ प्रतिशत कम हो । गत साता एक सय ९३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३२ हजार दुई सय ८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २५ दशमलव ८६ अंकले बढेर अन्तिम दिन १२ सय ४४ दशमलव ८४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा छ दशमलव ११ अंकले बढेर दुई सय ६४ दशमलव २७ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम १७ करोड ४५ लाख ६० हजार रुपैयाँको आधारमा एनआइसी एसिया बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या चार लाख ३९ हजार कित्ता र कारोबार संख्या ११ सय १४ वटाको आधारमा पनि एनआइसी एसिया बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यो साता चार वटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकरण भएको छ । 

सातामा सर्वाधिक रकमको कारोबार भएका आधारमा एनआईसी एसिया ( १ करोड ७४ लाख), एनएमबी बैंक (१ करोड ३६ लाख), ग्लोबल आईएमई बैंक (९२ लाख), कुमारी बैंक (९१ लाख) र प्रभु बैंक (८१ लाख) उत्कृष्ट ५ कम्पनी बन्न सफल भएका छन् ।

यस्तै, यो साता सूचीकरणतर्फ कालिका लघुवित्त वित्तीय संस्थाको बोनस १ लाख ७५ हजार कित्ता, राधी विद्युत् कम्पनीको बोनस ४१ हजार कित्ता, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ३३ हजार कित्ता र कामना सेवा विकास बैंकको १३ लाख कित्ता सेयर सूचीकृत भएको छ । 

सम्बन्धित समाचार

साताको सेयर : नेप्से १२ सय ४८ अंकमा, दुई अर्ब ६३ करोडको कारोबार 

काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा एक सय ७३ कम्पनीहरुको ३४ हजार छ सय ६७ वटा कारोवार भएकाछन् ।  जसअनुसार एक करोड १३ लाख ८७ हजार पाँच

साताको सेयर : नेप्से १२ सय ६० अंकमा, दुई अर्ब ६६ करोडको खरिद बिक्री

काठमाडौं । यो साता एक सय ७४ कम्पनीहरुको ३४ हजार छ सय ९२ वटा कारोवार भएकाछन । जसअनुसार एक करोड ६१ लाख ६३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई

साताको सेयर : नेप्से १२ सय ५७ अंकमा, दुई अर्ब ५२ करोडको खरिद बिक्री

काठमाडौं । साता एक सय ७३ कम्पनीहरुको ३१ हजार छ सय ७७ वटा कारोवार भएकाछन । जसअनुसार ७६ लाख ७२ हजार पाँच सय ६४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम

साताको सेयर : नेप्से १२ सय ८४ अंकमा, दुई अर्ब ७५ करोडको कारोबार 

काठमाडौं । यो साता एक सय ७१ कम्पनीहरुको ३६ हजार दुई सय ७० वटा कारोवार भएकाछन । जसअनुसार ८३ लाख ६६ हजार दुई सय ५५ कित्ता सेयर खरिद बिक्री हुंदा


z