• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर कारोबार रकम २७ प्रतिशतले घट्यो

kharibot

साताका प्रमुख सेयर सूचकांकहरु 

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३ हजार छ सय ११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा २७ दशमलव १७ प्रतिशत कम हो । गत साता एक सय ९३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३२ हजार दुई सय ८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २५ दशमलव ८६ अंकले बढेर अन्तिम दिन १२ सय ४४ दशमलव ८४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा छ दशमलव ११ अंकले बढेर दुई सय ६४ दशमलव २७ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम १७ करोड ४५ लाख ६० हजार रुपैयाँको आधारमा एनआइसी एसिया बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या चार लाख ३९ हजार कित्ता र कारोबार संख्या ११ सय १४ वटाको आधारमा पनि एनआइसी एसिया बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यो साता चार वटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकरण भएको छ । 

सातामा सर्वाधिक रकमको कारोबार भएका आधारमा एनआईसी एसिया ( १ करोड ७४ लाख), एनएमबी बैंक (१ करोड ३६ लाख), ग्लोबल आईएमई बैंक (९२ लाख), कुमारी बैंक (९१ लाख) र प्रभु बैंक (८१ लाख) उत्कृष्ट ५ कम्पनी बन्न सफल भएका छन् ।

यस्तै, यो साता सूचीकरणतर्फ कालिका लघुवित्त वित्तीय संस्थाको बोनस १ लाख ७५ हजार कित्ता, राधी विद्युत् कम्पनीको बोनस ४१ हजार कित्ता, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ३३ हजार कित्ता र कामना सेवा विकास बैंकको १३ लाख कित्ता सेयर सूचीकृत भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै