• २०८१ बैशाख ८ शनिबार

संसदमा गृहमन्त्री : प्रधानमन्त्रीलाई प्रश्न सोधिनँ, प्रधानमन्त्रीबाट निर्देशन आयो, शक्तिशाली मानिस ठूलै जिउडालका रहेछन् 

kharibot

काठमाडौं । निर्मला हत्याबारे जवाफ दिन संसदमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापाले सांसदहरुको प्रश्नको जवाफ दिएका छन्। प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद गगन थापाले बम दिदीबहिनीबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा प्रश्न उठाउदै गृहमन्त्रीलाई प्रधानमन्त्रीलाई प्रश्न गर्नु भयो ? भन्ने प्रश्न गरेका थिए ।

गगन थापाको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले जवाफ दिदै यो गम्भीर प्रश्न भएको बताए । आफूले प्रधानमन्त्रीलाई प्रश्न नगरेको बरु छानविनलाई छिटो निश्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीबाट निर्देशन आएको उनले बताए । साथै प्रधानमन्त्रीको अभिव्यक्तिबारे थाहा नभएको बताए ।

गृहमन्त्री थापालाई  सांसदहरुले राज्यभन्दा पनि शक्तिशाली को हो ? भन्दै प्रश्न गरेका थिए । 

गृहमन्त्री बादलले भने यसबारे सही उत्तर आफूले भन्दा वीरेन्द्र केसीले नै दिनसक्ने बताएका थिए । छानबिन समितिका सदस्य केसीले आफूहरुलाई दिएको जानकारी अनुसार भन्दै गृहमन्त्रीले भने, ‘घटनास्थल, जहाँ उहाँले छानविन गर्दै हुनुहुन्थ्यो रे । त्यसक्रममा एक जना शक्तिशाली देखिने ठूलै जिउडालको मान्छे आयो रे । उसले तपाईले राम्रै गर्दै हुनुहुन्छ । तर, यस्ता छानविन धेरै भए । छानविन गर्नेहरुलाई गाडी लगाएर हत्या हुने गरेको सम्झनुहोला भनेर भनेर ।’ थापा अघि भन्छन्, ‘शायद शक्तिशाली व्यक्ति त्यही हुनुहुन्छ । उहाँलाई पनि थाहा छैन नाम ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै