माथिल्लो तामाकोशी शेयर बाँडफाँट दशैँपछि हुने 

खरीबोट

दोलखा।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । जिल्लावासीका लागि जारी भएको शेयर भदौ २१ गतेमात्र सकिएको थियो । शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए । 

प्रवर्द्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको रु एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो । करीब रु तीन अर्ब बराबरको आवेदन परेको छ । 

प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्काशन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

सम्बन्धित समाचार

माथिल्लो तामाकोशीको काम प्रभावकारी नभएको : मन्त्री पुन 

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका छन् । आयोजनाको कूल भौतिक प्रगति ९७

माथिल्लो तामाकोशीको साधारण सेयर लिन साढे तीन लाखको आवेदन

काठमाडौँ / माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् ।  कम्पनीले आज साँझ उपलब्ध गराएको अन्तिम विवरणअनुसार रु ६ अर्ब ७०

माथिल्लो तामाकोशीको शेयरमा छ अर्बको आवेदन

काठमाडौँ। माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म रु

माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

काठमाडौँ। निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु


z